२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्डफ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन



अ+ अ-

काठमाडौँ। बर्डफ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ।

फोन गर्दा सुनिने रिङटोनमार्फत बर्डफ्लुबाट बच्ने उपाय, सङ्क्रमित भएका, बिरामी वा मरेका चराचुरुङ्गी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा त्यसको नजिक नजान, शङ्का लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, बर्डफ्लुसम्बन्धी थप जानकारी वा परामर्श आवश्यक परेमा हेलो स्वास्थ्यको टोल–फ्री नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पछिल्लो समय देशका विभिन्न जिल्लामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भइरहेकाले जनसाधारणमा अनावश्यक त्रास फैलिन नदिन तथा सङ्क्रमणको जोखिमबारे सही जानकारी पुर्‍याउने उद्देश्यले मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रसारण सुरु गरिएको बताएकी छन्।

सरकारले बर्डफ्लु सङ्क्रमित कुखुरा तथा अन्य पन्छी नष्ट गर्ने, प्रभावित क्षेत्रको निगरानी बढाउने, प्राविधिक टोली परिचालन गर्ने तथा जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउने अभियानलाई तीव्र बनाएको जनाएको छ।