२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण



अ+ अ-

बाँके। बाँकेस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई निःशुल्क वितरण थालेको छ ।

चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल छ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण थालिएको उक्त कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले राससलाई जानकारी दिनुभयो ।

यो वर्ष एकवर्षीय पाँच लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन गरिएका तथा हिजोदेखि किसानलाई वितरण सुरु गरिएको जानकारी दिँदै उहाँले सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन, एकासिया अधिक हुर्काइएका बताउनुभयो ।

अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अम्बा, अर्जुन, वीरेन्द्रफूल, धुपी, रिठा, कपुर, सिमल, कुसुम, निलमफूल र एकासियालगायतका बिरुवा पनि नर्सरीमा हुर्किका छन् ।

किसानलाई निःशुल्क वितरण थालिएका बिरुवामा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा सजावटका छन् । रासस