१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै वडाका ६० घर पहिरोको जोखिममा



फाइल फोटो
अ+ अ-

पाँचथर। अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् ।

यही असार ४ र ५ गते अत्यधिक वर्षा भएपछि हिलिहाङ–५ सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो ।

पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ ।

उनीहरुलाई अन्यत्र बसोबासको व्यवस्था गरी राहत वितरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभयो ।

यस्तै नगेन्द्र ओझा, गोपाल गजमेर, किरण खुदाङ र सुष्मा माबोको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ।

पहिरोका कारण यहाँ रहेको मृदङ्गा झरना विद्यालयसमेत जोखिममा छ। बाढी पहिरोका कारण यस वडाका सबै सडक क्षतिग्रस्त बनेका छन् ।

खानेपानीका योजनासमेत अवरुद्ध भएका छन्। मुहानमा क्षति पुग्दा ६ सिंचाइ योजना र पाँच खानेपानी योजना अवरुद्ध छन्। हिलिहाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा विपद्बाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि कार्यक्रम तय गरेको गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताउनुभयो ।

यसैगरी बाढी पहिरोले अलैँची खेतीमा क्षति पु¥याउँदा कृषक मारमा परेका छन् । बालीनाली तथा खेतीयोग्य जमिनमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुहाङले बताउनुभयो । रासस