१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव



अ+ अ-

जुम्ला। जुम्ला सिँचाइ कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

कार्यालयमा प्रविधिक कर्मचारीको दरबन्दीअनुसारका लामो समयसम्म पदपूर्ति हुन नसक्दा कार्यालयको सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुख अङ्कलबहादुर महतले जानकारी दिनुभयो ।

कार्यालयमा २१ दरबन्दीमध्ये अहिलेसम्म ११ वटा पदपूर्ति भएको छ । अझै १० वटा पदपूर्ति हुन सकेको छैन ।

दरबन्दीअनुसार कर्मचारी हुनुपर्ने भए पनि हालसम्म पदपूर्ति हुन नसकेको कार्यालय प्रमुख महतको भनाइ छ ।

दरबन्दीअनुसार अधिकृत छैटाँै इन्जिनियर दुई, सव–इन्जिनियर पाँचौँ तीन, प्रविधिक सहायक चौथो तीन र ऊर्जा प्रविधिक दुई जना कर्मचारी रिक्त रहेका छन् ।

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती र जनताको गुनासो आउने गरेको प्रमुखले बताउनुभयो ।रासस