३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल

मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल
अ+ अ-

काठमाडौं । नेकपाका नेता झलनाथ खनालले जननेता मदन भण्डारी र जीवराज आश्रितको निधन सामान्य दुर्घटना नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै खनालले उक्त घटनाको वास्तविकता तीन दशक बितिसक्दा पनि सार्वजनिक हुन नसकेको बताए। उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न नसक्नु आफूहरूको कमजोरी भएको स्वीकार गर्दै त्यसबेला नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको आरोप लगाए।

उनका अनुसार मदन भण्डारीमाथि लक्षित गरिएको षड्यन्त्र कुनै एक व्यक्तिविरुद्ध मात्र नभई समग्र नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने योजनाको हिस्सा थियो। उनले यस्तो षड्यन्त्रको प्रभाव अहिले पनि विभिन्न रूपमा देखिएको दाबी गरे।

खनालले कम्युनिस्ट आन्दोलनमाथि हुने राजनीतिक र वैचारिक आक्रमणप्रति सबै नेता–कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए। उनले आन्दोलनको रक्षा र सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।