२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प



अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रामकताले उसलाई राम्रो नगर्ने बताउनुभएको छ । उहाँले शनिबार ‘यदि संयुक्त राज्य अमेरिकालाई युद्ध पुनः सुरु गर्न ‘बाध्य’ पारियो भने इरान ‘अब अस्तित्वमा रहने छैन’।

यो चेतावनी अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा इन्धन ढुवानीका लागि गएको पानामाको जहाजमाथि भएको आक्रमणको जवाफमा शनिबार इरानका ‘केही भाग’ माथि आक्रमण गरेको भन्ने जानकारीपछि आएको हो ।

“इरानले फेरि पनि शान्ति सम्झौताको उल्लङ्घन गरेको छ बदलामा संयुक्त राज्य अमेरिकाको विमानले इरानी मिसाइल र ड्रोन तथा तटीय राडार भण्डारण स्थलहरूमाथि आक्रमण गरेको छ ।

राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “हामीले जति नै तर्कसङ्गत हुन खोजे पनि, एउटा बिन्दु आउन सक्छ, त्यतिबेला हामीले सैन्य रूपमा अत्यन्त सफलतापूर्वक सुरु गरेको काम पूरा गर्न बाध्य हुनेछौँ । यदि त्यसो भयो भने, ‘इस्लामिक रिपब्लिक अफ इरान’ अब अस्तित्वमा रहने छैन!”