३० श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो



अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ । उसले १८ अङ्क प्राप्त गरेको छ ।

मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव विश्वामित्र कुइँकेलले कुल १८.२५ पूर्णङ्कमा मनाङले १८ अङ्क प्राप्त गरी प्रथम भएको जानकारी दिनुभयो । यसअघि पनि मनाङ पहिलो भएको उहाँले बताउनुभयो ।

मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो तैमासिक नतिजाअनुसार १७.८७ अङ्क प्राप्त गरी म्याग्दी जिल्ला दोस्रो भएको छ । समान १७.६२ अङ्कका साथ भक्तपुर र रसुवा जिल्ला तेस्रो हुन सफल भएको छ ।

त्यसपछि क्रमशः मकवानपुर र स्याङ्जा पाँचौँ, नुवाकोट, पूर्वीरुकुम र रुपन्देही सातौँ स्थानमा रहेको छ । कास्की, झापा, डोटी र नवलपरासीपूर्व १०औँ स्थानमा रहेको छ । काठमाडौँ २.५ अङ्क प्राप्त गरी ७६औँ र धनुषा १.६८ अङ्क प्राप्त गरी ७७औँ स्थानमा रहेको छ ।

उपसचिव कुइँकेलका अनुसार गृह मन्त्रालयले नागरिकको सेवा प्रवाह, प्रशासन कार्यालयको कार्यसम्पादन, उत्तरादायित्वलगायत सूचक र मापदण्डका आधारमा मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको हो ।

यस्तै मुद्दा फछर्याेटको अवस्था, विपद् व्यावस्थापनमा गरेको काम, विकास निर्माणका कामहरूका सन्दर्भमा गरिएको कामलगायत विभिन्न मापदण्डमा आधारित रहेर मूल्याङ्कन हुने उहाँले जानकारी दिनुभयो । रासस