३० श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन



अ+ अ-

सुर्खेत। सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पर्खाललगायतका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

डिभिजन कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाका कारण यातायात सञ्चालन र सडक सुरक्षामा समस्या उत्पन्न भएको जनाएको छ । त्यस्ता सडकको सीमाभित्र निर्माण गरिएका संरचना १५ दिनभित्र सम्बन्धित पक्षले आफैँले खाली गराउन कार्यालयले निर्देशन दिइएको हो ।

डिभिजन कार्यालयका अनुसार भेरी करिडोर (छिन्चु–छेडा सडक), कर्णाली राजमार्गका हर्रे बाँङ्गेसिमल, बाँङगेसिमल दहीखोला, मध्यपहाडी राजमार्गको सुयाडा साइखोला, बाटोचौर काल्चे सडक, सुर्खेत–दैलेख महावु सडकमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिइएको छ ।

तोकिएको समयभित्र अतिक्रमण नहटाइए कार्यालयले प्रचलित कानुनअनुसार संरचना हटाई त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख इन्जिनियर विवशबाबु सदादेवले जानकारी दिनुभयो ।  रासस