१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने



अ+ अ-

काठमाडौँ। नेपाल र जापानबीचको सम्बन्ध र ७० वर्षको सहकार्यलाई लक्षित गर्दै काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने भएको छ ।

एमजे इन्टरटेनमेण्ट र एमएन प्रोडक्शनको संयुक्त आयोजनामा आगामी कात्तिक १४ गते लैनचौरस्थित एक होटलमा यो महोत्सव हुन लागेको हो । एमजे इन्टरटेनमेण्ट एण्ड एमएन प्रोडक्शनका प्रतिनिधि जित लामाकाअनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको मुख्य उद्देश्य सांस्कृतिक आदानप्रदानका साथै परोपकारी कार्यमा सहयोग पु¥याउनु रहेको छ ।

टिकट विक्रीबाट प्राप्त हुने कुल रकमको ५० प्रतिशत हिस्सा सामाजिक संस्था जाइकाले गरिरहेका विभिन्न कल्याणकारी कार्य र अनाथ बालबालिकाहरूको सहयोगका लागि खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागी हुन चाहने दर्शकका लागि टिकट दर १ हजार रुपैयाँ निर्धारण गरिएको छ । जसमा भीआईपी र जनरल सबैका लागि समान शुल्क रहनेछ । डिजिटल भुक्तानी पार्टनरका रूपमा ‘खल्ती’ एपमार्फत टिकट खरिद गर्न सकिनेछ ।

सांगीतिक आकर्षणका लागि जापानबाट ताके कोकुयो, रियो, सन र सुमो रेसलरहरूको विशेष प्रश्तुति रहनेछ । त्यस्तै, नेपालका तर्फबाट कुसुम सागर एण्ड द कोपा, पूर्ण राई एण्ड दाजुभाइ, बेख र एवाइजी (¥यापर) लगायतका कलाकारहरूले आ–आफ्नो प्रश्तुति दिनेछन् ।

उहाँले भन्नुभयो, ‘अब हाम्रो नेपाल–जापान मित्रताको ७० वर्ष पूरा भएको अवसरमा आयोजना हुन गइरहेको नेपाल–जापान फुड एण्ड म्युजिक फेस्टिभल हाम्रो मल्ल होटलमा ३१ अक्टोबर (कार्तिक १४) गते हुनेछ । कार्यक्रम दिउँसो १२ बजेदेखि फुड फेस्टिभलबाट शुरु हुनेछ । त्यसैगरी, सांगीतिक कार्यक्रम पनि निरन्तर सञ्चालन हुनेछ । सम्पूर्ण कार्यक्रम साँझ १०ः०० बजेसम्म चल्नेछ । यस कार्यक्रमबाट बिक्री हुने टिकटको रकममध्ये ५० प्रतिशत हामीले सामाजिक सेवाका लागि सहयोग गर्ने योजना बनाएका छौँ । विशेषगरी, जाइकाले सञ्चालन गरिरहेका सामाजिक कार्यहरूमा सहयोग गर्नुका साथै अनाथ बालबालिकाको हितका लागि पनि सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ । हाम्रो टिकटिङ पार्टनर खल्ती रहेको छ । टिकटको मूल्य एक हजार निर्धारण गरिएको छ । भीआईपी र जनरल सबैका लागि एउटै टिकट दर लागू हुनेछ । एक हजारकै टिकटमा दर्शकहरूले फुड फेस्टिभल र सांगीतिक कार्यक्रम दुवैको भरपूर आनन्द लिन सक्नुहुनेछ । यसपटक हामीले निकै आकर्षक प्याकेज तयार गरेका छौँ । हाम्रा कलाकारहरूको लाइनअप पनि निकै विशेष रहेको छ । जापानबाट ताके कोकुयो, रियो, सन तथा सुमो रेस्लरहरूको प्रश्तुति रहनेछ । नेपालबाट कुम सागर एण्ड द कोपा, पूर्ण राई एण्ड दाजुभाइ, बेक, साथै एवाइजी ¥यापरको प्रश्तुति रहनेछ । कार्यक्रमस्थलको ग्राउण्ड क्षमता करिव ३,५०० जना रहेको छ । तर फुड फेस्टिभलमा आउने–जाने (इन एण्ड आउट) दर्शकहरूको चापलाई हेर्दा करिब ५ हजार जनासम्म सहभागी हुन सक्ने अनुमान गरिएको छ । फुड टेस्टिङका लागि आउने आगन्तुकहरूले पनि सांगीतिक कार्यक्रमको आनन्द लिन सक्ने भएकाले राम्रो सहभागिता रहने अपेक्षा गरेका छौँ । जापानतर्फबाट होक्काइदो समूहले विभिन्न जापानी परिकारहरू प्रश्तुत गर्नेछ । त्यसैगरी नेपालका नेवारी, राई, गुरुङ, तामाङ लगायत विभिन्न समुदायका परिकारहरू समेटेर प्रत्येक समुदायको कम्तीमा एक–एकवटा फुड स्टल राख्ने योजना छ । यस कार्यक्रमको अर्को विशेष आकर्षण भनेको सोही दिन अन्तर्राष्ट्रिय हेलोविन पनि परेकाले विशेष हेलोविन कस्ट्युम कार्यक्रम आयोजना गरिनेछ । जापानका विभिन्न कस्प्ले प्रस्तुतिका साथै नेपाली सांस्कृतिक पहिरन र प्रस्तुति पनि समावेश गरिनेछ । समग्रमा, यो कार्यक्रम नेपाल र जापानबीचको सांस्कृतिक आदान–प्रदानलाई थप मजबुत बनाउने, स्वादिष्ट परिकार, उत्कृष्ट संगीत र मनोरञ्जनको संगम हुने विश्वास लिएका छौँ ।’

खाद्य महोत्सवअन्तर्गत जापानको होक्काइदो ग्रुपले जापानी परिकारहरूको स्टल राख्नेछ भने नेपालको तर्फबाट नेवारी, राई, गुरुङ र तामाङ समुदायका मौलिक स्वादका छुट्टाछुट्टै स्टलहरू रहनेछन् ।

महोत्सवको अर्को विशेष आकर्षण ‘हलोविन पार्टी’ रहनेछ । सोही दिन अन्तर्राष्ट्रिय हलोविन पर्व समेत परेकाले जापान र नेपालका विभिन्न सांस्कृतिक तथा आधुनिक कस्ट्युमहरूको प्रदर्शन (कस्पले) गरिने आयोजकले जानकारी दिएको छ । ३ हजार ५०० क्षमताको कार्यक्रम स्थलमा ५ हजारभन्दा बढी दर्शकको आवागमन हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल