२४ भाद्र २०८३, बुधबार
,
Latest
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन २७ अन्य सवारी नियम पालना नगरेका एक हजार ७०० जनालाई कारबाही गरिएको हो । रासस