३० श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान



अ+ अ-

भरतपुर। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो ।

सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११ः४० बजेदेखि नै सुरु भएका छन् ।

राति ११ः४० देखि ११ः५५ सम्म उम्मेदवारी मनोनयन फाराम वितरण गरिएको थियो भने ११ः५५ देखि शुक्रबार बिहान १२ः२५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

यस्तै बिहान १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १ः१५ देखि १ः४० बजेसम्म उम्मेदवार बिरुद्ध दाबी बिरोध र उम्मेदवारी फिर्ता र बिहान १ः४० देखि ३ बजेसम्म निर्वाचन तथा मतदान प्रकृयाको तयारी गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहान ३ः३० मा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान ४ बजेदेखि १० बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ ।

आयोगले सबै प्रतिनिधि तथा सरोकारवालालाई तोकिएको समयतालिका अनुसार आवश्यक तयारीसहित सहभागी हुन आग्रह गरेको छ ।