२४ भाद्र २०८३, बुधबार
,
Latest
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभीएलको टिम सार्वजनिक



अ+ अ-

काठमाडौं। केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको पुरुषको एनभीएल (नेपाल भलिबल लिग) मा सहभागी हुने टिमको नाम बिहीबार सार्वजनिक गरिएको छ ।

हाललाई ६ टोलीको नाम सार्वजनिक गर्दै टिमका मालिक पनि सार्वजनिक गरिएको हो । बाँकी २ टिमका लागि आवेदन खुला रहेको आयोजकले जनाएको छ ।

सहभागिता निश्चित भएका टिममा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स रहेका छन् ।

सगरमाथा सन्नी राज भण्डारी र बन्नी राज भण्डारी, मधेश कम्पास इन्टरटेन्मेन्ट नेटवर्क प्रा.लि., काठमाडौं क्वेस्ट फार्मास्युटिकल्स÷क्यु स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि., अन्नपूर्ण सुमिरा स्पोर्ट्स भेन्चर प्रा.लि., कर्णाली लक्षसरा फिल्म्स प्रा.लि. र खप्तडा खप्तड फाल्कन्सको स्वामित्वमा रहेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि कराते स्टार खेलाडी एरिका गुरुङले एनभीएल भलिबलको मात्र नभइ सबै खेललाई अगाडि बढाउने सुरुआत विन्दु हुने विश्वास व्यक्त गर्दै लिग यादगार र सफल रहोस् भनी शुभकामना दिइन् ।

केडिया ग्रुप अध्यक्ष विमल केडियाले राष्ट्रिय खेल भलिबललाई अझ नयाँ उचाइमा लाने उद्देश्यले पुरुषको नेपाल भलिबल लिग आयोजना गर्न लागेको बताउदै सबै मिलेर लिगलाई सफल बनाउनु पर्नेमा जोड दिए ।

नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडियाले एनभीएल केवल लिग मात्र नभइ खेलाडीलाई ग्रासरुटदेखि व्यावसायिक कोर्ट र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन एनभीएल पुल बन्ने विश्वास व्यक्त गरे ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पहिलोपटक पुरुषको फ्रेन्चाइज लिग सुरु हुनु सुखद पक्ष भएको बताउदै लिगले सरोकारवालालाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा फाइदा पुग्ने धारणा व्यक्त गरे ।

नेपाल भलिबल संघको सहयोगमा हुने एनभीएल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । लिगको मिति चाँडै सर्वाजनिक गर्ने आयोजकले जनाएको छ ।