३० श्रावण २०८३, शनिबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द



अ+ अ-

पेरिस। फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर बन्द गरेको छ ।

उच्च उष्ण लहरका कारण नदीहरूको पानी तात्दै गएको अवस्थामा अत्यधिक तातो पानी नदीमा नछोड्नका लागि यो पर्यावरण संरक्षण उपाय अपनाइएको हो ।

देशको विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने पावर प्लान्टहरूले रियाक्टरलाई चिस्याउन नदीको पानी प्रयोग गर्छन्, जसले पानी तताउँछ र त्यसपछि सोही पानी नदीमा फिर्ता छोडिन्छ। यसले वातावरणलाई तताउँछ र उष्णलहरको जोखिम निम्त्याउँछ ।

‘इलेक्ट्रिसाइड डे फ्रान्स (इडिएफ)’ ऊर्जा समूहले बिहीबार उत्तरी फ्रान्सको सेन नदीमा रहेको ‘नोगेन्ट–सुर–सेन पावर प्लान्ट’ र दक्षिण–पूर्वी शहर लियोन नजिकैको रोन नदीमा रहेको ‘बुगेय प्लान्ट’मा दुई रियाक्टर अस्थायी रूपमा बन्द गरेको जनाएको छ। यो नदीको तापक्रम सीमालाई पालना गर्नका लागि गरिएको हो ।

सेन नदीबाट निकालिएको पानी र फिर्ता छोडिने पानीबीचको तापक्रम वृद्धिलाई सीमित गर्न नोगेन्ट–सुर–सेन प्लान्टले केही दिनअघि नै अर्को रियाक्टरको उत्पादन घटाइसकेको थियो, यसले जलचर बिरुवा र जनावरको जीवनलाई संरक्षण गर्नेछ ।”

फ्रान्सका ५७ आणविक रियाक्टरहरूमा उत्पादन रोक्ने वा घटाउने कार्य नदीहरूमा रहेका बिरुवा तथा जनावरको जीवन रक्षा गर्नका लागि बनाइएका पर्यावरणीय दायित्व पूरा गर्नका लागि गरिन्छ ।

उष्ण लहरका बेला नदीको तापक्रम बढ्दा इडिएफलाई उत्पादन घटाउन वा पूरै रोक्न बाध्य बनाउँछ, ताकि चिस्याउने पानी छोडेर नदीलाई थप तातो हुनबाट जोगाउँछ ।

फ्रान्स युरोपलाई प्रभावित पारिरहेको घातक रेकर्ड तोड्ने उष्ण लहरबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

इडिएफले सोमबार नै दक्षिण–पश्चिम फ्रान्सको गारोन नदीमा रहेको गोल्फेच प्लान्टको एउटा रियाक्टर बन्द गरिसकेको थियो र अन्य स्थलहरूमा पनि उत्पादन घटाएको छ।

गत वर्ष फ्रान्सको विद्युत उत्पादनको करिब ७० प्रतिशत आणविक ऊर्जाबाट आएको थियो। फ्रान्सको ग्रिड सञ्चालक आरटिईले बुधबार एएफपीलाई बताएअनुसार ‘केही उत्पादन केन्द्रहरूमा उत्पादन रोकिए पनि फ्रान्ससँग विद्युत माग पूरा गर्न पर्याप्त उत्पादन क्षमता छ।”  (रासस/एएफपी)