११ असार २०८३, बिहीबार
,
Latest
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित



अ+ अ-

काठमाडौँ। दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियामाथि १–० को जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो ।

दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरे । थापेलोले ६३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो ।

चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन ।

दक्षिण अफ्रिकाले ३ खेलबाट ४ अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउटमा पुगेको हो । सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको हो ।