३० श्रावण २०८३, शनिबार
,
Latest
गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित



अ+ अ-

मकवानपुर। हेटौँडा उपमहानगरपालिकाको आज यहाँ बसेको १९औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागी वार्षिक बजेट सर्वसम्मतिबाट पारित गरेको छ ।

सो नगर अधिवेशनमा आव २०८३/८४ का लागी रु दुई अर्ब ८५ करोड पाँच लाखको बजेट प्रस्तुत गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेशकुमार बानियाँले मङ्गलबार नगर अधिवेशनमा प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गर्नु भएअनुसार आन्तरिक स्रोतबाट रु ५७ करोड ३६ लाख ८० हजार, राजस्व बाँडफाँटतर्फ रु ९९ करोड २० लाख ४८ हजार, बागमती प्रदेश सरकारको विभिन्न अनुदानबाट रु १० करोड एक लाख ७२ हजार तथा सङ्घीय सरकारको तर्फबाट अनुदान रु एक अर्ब १८ करोड ४६ लाख हेटौँडाको भौतिक पूर्वाधार विकासमा खर्च गर्न उक्त नगर अधिवेशनले स्वीकृति प्रदान ग¥यो ।

सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडा नगरको केही दुर्गम वडाको टोलमा खानेपानी, सडक, विद्युतीकरण, स्वास्थ्योपचार, पर्यटन क्षेत्रको विस्तार, उच्च शिक्षाको गुणस्तरीय अभिवृद्धि गर्ने, किशोरीलाई शिक्षा आर्जन गर्न जोड दिने र भौतिक पूर्वाधार निर्माण कार्यमा उक्त बजेटले निष्पक्षताका साथ कार्यन्वयन गर्ने बताउनुभयो । प्रमुख लामाले आव २०८३÷८४ का लागी वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रासस