१४ भाद्र २०८३, आईतवार
,
Latest
भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान



अ+ अ-

कोलम्बो, असार ९ गते । पछिल्लो समयमा लामखुट्टेबाट हुने डेङ्गु ज्वरोको फैलावटमा बृद्धि भएपछि यसलाई नियन्त्रण गर्नका लागि सेना तैनाथ गरिरहेको श्रीलङ्काकाका स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

अधिकारीहरुका अनुसार अस्पतालमा दैनिक एक हजारभन्दा बढी विरामी डेङ्गु सङ्क्रमणका कारण भर्ना हुन आउने गरेका छन् ।

श्रीलङ्काकाका राष्ट्रपति अनुरा कुमार दिस्सानायकेको कार्यालयले श्रीलङ्काका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थल पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रियरुपमा सहभागी हुने बताएको छ ।

डेङ्गुले उच्च ज्वरो आउने टाउको दुख्ने, बान्ता हुने मांसपेशी दुख्ने र विरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव भइ मृत्युको कारण बन्न सक्ने जनाइएको छ ।

यस वर्ष लगभग डेङ्गुका ५० हजार केस रिपोर्ट गरिएकोमा २९ जनाको मृत्यु भएको छ । यसअघि सन् २०१७ मा एक लाख ८६ हजार जना व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि गरिएकोमा ४४० जनाको मृत्यु भएको थियो । डेङ्गू फैलाउने एडिस लामखुट्टे–यसको कालो र सेतो धारीदार खुट्टाद्वारा पहिचान गर्न सकिने र यसले स्थिर पोखरीमा प्रजनन गर्ने जनाइएको छ ।

“विशेष सैन्य एकाई स्थापना गरी आफ्नो परिसरमा लामखुट्टे प्रजनन गर्न सक्ने अवस्था सिर्जना गर्नेविरुद्ध पनि कानुन कडाइका साथ लागु गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रजनन स्थल सफा गरी डेङ्गु सङ्क्रमण नियन्त्रण गर्ने राष्ट्रव्यापी अभियान बुधवारदेखि सुरु गरिने जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जलवायु परिवर्तनका कारण डेङ्गु तथा अन्य लामखुट्टे जन्य भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ ।

श्रीलङ्कामा जुन महिनाको सुरुदेखि डेङ्गुको सङ्क्रमणमा वृद्धि भएको देखिएको जनाइएको छ भने यस हप्तामा एकै दिनमा एक हजारभन्दा बढी सङ्क्रमण वृद्धि भएको रिपोर्ट गरिएको आधिकारिक तथ्याङ्कले जनाएको छ । सरकारबाट परिचालित डेङ्गु नियन्त्रण युनिटले राज्य र निजी अस्पतालले थप वृद्धि नियन्त्रण गर्न नसक्ने अवस्था रहेको बताइएको छ ।

कोलम्बोमा पत्रकारसँगको साक्षात्कारमा बोल्दै डेङ्गु नियन्त्रण युनिटकी प्रमुख कपिला कन्नङ्गाराले अस्पताल यसअघिदेखि नै दबाबमा रहेको बताउनुभएको छ ।

मनसुनी वर्षापछि आएको बाढीका कारण जमेको पानी र अव्यवस्थितरूपमा फ्याँकिएको फोहोरले लामखुट्टेको द्रुत फैलावटका लागि उपयुक्त अवस्था सिर्जना गरेको जनाइएको छ । रासस/एएफपी