२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमनसम्बन्धी संवेदनशील डाटा पाँच वर्षदेखि फोकसवान नामक आइटी कम्पनीको कब्जामा



अ+ अ-

काठमाडौं । अध्यागमनसम्बन्धी संवेदनशील तथ्यांकहरू पाँच वर्षदेखि एक निजी कम्पनीको कब्जामा छ । सन् २०१४ देखि अध्यागमनका सबै यात्रुको विवरण फोकसवान नामक आइटी कम्पनीले नियन्त्रणमा राखेको हो । सो डाटा दुरुपयोगसमेत भएको अध्यागमन अधिकारीहरूको आशंका छ । सो कम्पनीले सन् २०१४ मा अध्यागमनको सफ्टवेयर बनाउने जिम्मेवारी पाएको थियो । तत्कालीन महानिर्देशक शरदचन्द्र पौडेलको कार्यकालमा सो सफ्टवेयर निर्माणका लागि कोटेसनका आधारमा सम्झौता गरिएको थियो ।

त्यसपछि कम्पनीले अध्यागमनका सम्पूर्ण डाटामा आफ्नो कब्जा जमाएको हो । त्यसयता फोकसवानले बनाएको इमी नामक सफ्टवेयरमा सबै यात्रुको डाटा रहँदै आएको छ । जब कि त्यो डाटामा अध्यागमन अधिकारीहरूको पहुँच नै छैन । २०१४ देखि सोही कम्पनीसँगै विभागले वार्षिक रूपमा मर्मतको सम्झौता पनि गर्दै आएको छ । वार्षिक करिब दुई लाखको हाराहारीमा उनीहरूले यस्तो काम गर्दै आएका छन् ।

‘बिजुली र धाराको मर्मत गर्नेले नै वर्षमा त्योभन्दा धेरै लिने गरेका छन्,’ विभागका एक अधिकारी भन्छन्, ‘किन उनीहरूले यति सस्तोमा सम्झौता गरे भन्नेमा आश्चर्य लागेको छ ।’ लामो प्रयासपछि हालै भने सरकारले सो कम्पनीबाट अध्यागमनको डाटा आफ्नो नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको छ ।

संवेदनशील डाटा दुरुपयोगको आशंका
फोकसवान कम्पनीले डाटा दुरुपयोग गरेको हुन सक्ने विभागको आशंका छ । विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘हामीसँग सो पहुँच नै नहुँदा त्यो डाटा दुरुपयोग भयो कि भन्ने पनि हाम्रो आशंका छ ।’ सो सफ्टवेयरमा सबै यात्रुको फोटोसहितको तथ्यांक छ । जुन कतिपय विदेशी निकायमा पुगेको हुन सक्ने आशंका पहिलेदेखि नै अध्यागमनका अधिकारीको थियो । विभागका ती अधिकारी भन्छन्, ‘पूर्ण रूपमा निजी कम्पनीको कब्जामा भएपछि जे पनि हुन सक्ने भयो ।’

यस्ता डाटा हात पार्न काठमाडौंस्थित कतिपय दूतावासका प्रतिनिधिले अध्यागमन अधिकारीहरूलाई समेत प्रभावमा पर्ने प्रयास गर्थे । सन् २०१४ अघि अध्यागमनमा डिजिटल प्रणाली थिएन । अध्यागमनलाई व्यवस्थित बनाउन भन्दै तत्कालीन महानिर्देशक पौडेलले नयाँ सफ्टवेयर बनाउन लगाएका थिए । ‘तर, डाटाको सुरक्षाबारे कसैले चासो नै दिएनन्,’ विभागका एक अधिकारी भन्छन्, ‘बिस्तारै सो कम्पनीले अध्यागमनको डाटामा एकाधिकार बनाउँदै लग्यो ।’ यो वर्षको चार महिनाका लागि समेत विभागले सोही कम्पनीसँग सम्झौता गरिसकेको छ ।

तर, अबको दुई महिनापछि विभागको आफ्नै सफ्टवेयर तयार हुने महानिर्देशक पौडेल बताउँछन् । ‘विगतमा अध्यागमन कुनै तथ्यांक लिन सोही कम्पनीसँग भर पर्नुपर्ने थियो,’ विभागका महानिर्देशक पौडेलले भने, ‘अब दुई महिनाभित्रै नेपाल पोर्ट नामक हाम्रै सफ्टवेयर जडान हुँदै छ, त्यसपछि डाटाको गोपनीयताको सुरक्षामा कुनै समस्या हुँदैन ।’

गृहसचिवको चेतावनीपछि डाटा फिर्ता गर्ने तयारी
दीपक काफ्ले विभागको महानिर्देशक हुँदा फोकसवान कम्पनीबाट इमी सफ्टवेयरको नियन्त्रणमा रहेका डाटा विभागमा ल्याउने निर्णय गरेका थिए । तर, कम्पनीले नमानेपछि विभाग पछि हटेको थियो । यसपटक पनि कम्पनीले अस्वीकार गरेपछि सञ्चालकलाई बोलाएर गृहसचिव प्रेमकुमार राईले मुद्दा चलाउने चेतावनी दिएपछि हच्किएका हुन् । अहिले कम्पनी सोर्सकोड दिन तयार भएको छ । नयाँ पत्रिका दैनिकबाट




भर्खरै