३० श्रावण २०८३, शनिबार
,
Latest
मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार



अ+ अ-

गाइघाट। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ ।

गाइघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई-७ डुम्री-थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेपछि उक्त जीपमा सवार यात्रुको सकुशल उद्धार गरिएको हो ।

थुम्कामा निर्माणाधीन कच्ची सडकको माथिबाट खसेको पहिरोले प्रदेश १-००२ ख ४५३४ नम्बरको बोलेरो जीपलाई आज दिउँसो पुरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पहिरोले जीपको केही भाग पुरिएको जनाउँदै जीपमा सवार यात्रुलाई सकुशल बाहिर निकालिएको अस्थायी प्रहरी चौकी तनमका प्रहरी सहायक निरीक्षक तिलक पौडेलले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी सहायक निरीक्षक पौडेलेको नेतृत्वमा गएको टोलीले जीपलाई सडक निर्माण कम्पनीको स्काभेटर प्रयोग गरेर बाहिर निकालिएको हो । जीपमा सामान्य क्षति भएको छ भने कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी तनमको टोली घटनास्थल पुगेर निर्माण कम्पनीका जनशक्तिको सहयोगमा जीप र यात्रुको उद्धार गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी गणेश बमले बताउनुभयो । सो सडकखण्ड निर्माण भइरहेकाले यात्राका क्रममा आवश्यक सर्तकता अपनाउन उहाँले सबैलाई अनुरोध गर्नुभयो । रासस