१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण



अ+ अ-

भरतपुर। भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गर्नुभएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या समाधनका लागि धु्रवघाटमा पक्की पुल निर्माण गरेर व्यवस्थित सडक निर्माण गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताउनुभयो ।

मन्त्री लम्सालले धु्रवघाटको पुल र सडकको निर्माणका लागि छिट्टै टेण्डर खोलिने बताउनुभो। हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो ।

अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको छ। धु्रव पोष्टबाट राप्ती नदीमा ५०० मिटर लामो पुल निर्माण गरिने चितवन–३ का सांसद तथा मन्त्री सोविता गौतमले बताउनुभयो ।

उहाँले निकुञ्जभित्र सडकको बैकल्पिक रेखाङ्कन भइरहेको जानकारी दिनुभयो। धु्रवघाटमा पुल निर्माण भए माडी जाने बाटो झण्डै पाँच किलोमिटर छोटो हुनेछ ।

यो सडक भरतपुरबाट माडी ठोरी हुँदै वीरगञ्जसम्म पुग्छ । भरतपुरबाट भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी जानका लागि यही मार्ग छोटो पर्छ । रासस