८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु



अ+ अ-

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।

मृतकमध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ । प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीतपुरसिमरा-१ पथलैया घर भई हाल काठमाडौँ बसोबास गर्ने २० वर्षीय सभ्य अधिकारी र मोेटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन् ।

पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर भएका तीनै जनालाई अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकमध्ये जोशी र अधिकारीको शव बयोधा अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ । रासस