१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको आधिकारिक लेटरप्याड र छापको दुरुपयोग गरी सार्वजनिक रूपमा भइरहेका वक्तव्य तथा गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले साेमबार जारी गरेको विज्ञप्तिमा पार्टीको लेटरप्याड र छाप प्रयोगसम्बन्धी व्यवस्था पार्टीको विधान, प्रचलित अभ्यास तथा परम्पराअनुसार निर्धारण गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा निर्धारित प्रक्रिया विपरीत लेटरप्याड र छाप प्रयोग नगर्न तथा यसको दुरुपयोग रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

राप्रपाले पार्टीको औपचारिक बैठकमा सहभागी नहुने, छुट्टै भेला, बैठक तथा छलफल सञ्चालन गर्ने र समानान्तर गतिविधि अगाडि बढाउने कार्यले पार्टीका कार्यकर्ता तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको जनाएको छ।

यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई पार्टीले सचेत गराएको छ।