२४ भाद्र २०८३, बुधबार
,
Latest
नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु



अ+ अ-

काठमाडौं । पश्चिम रुकुमको मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु भएको छ ।

पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा एक्कासि करेन्ट लागि घाइते भई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो घटनाको जानकारीपश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक यामराज शर्माको नेतृत्वमा पाँच जनाको प्रहरी टोली खटिएको थियो ।

सुन्दरसँग माछा मार्न गएका उनका चार जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।