२४ भाद्र २०८३, बुधबार
,
Latest
नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते



अ+ अ-

काठमाडाैँ । कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारणले विस्फोट भएको हो । उक्त क्षेत्र कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख केन्द्रका रूपमा परिचित छ ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको र आपत्कालीन उद्धार टोली परिचालन गरिएको जनाएको छ । यसअघि जारी अर्को विज्ञप्तिमा विस्फोटपछि सार्वजनिक सुरक्षामा असर पार्ने खालको कुनै ग्यास चुहावट वा अन्य जोखिम नदेखिएको उल्लेख गरिएको थियो ।

रास लाफान क्षेत्र हालैको युद्धका क्रममा इरानको निशानामा परेको थियो र त्यसपछि केही सातासम्म बन्द रहेको थियो । कतारी अधिकारीहरूका अनुसार बरजान ग्यास प्रशोधन केन्द्रमा पुनः सञ्चालनको प्रयास भइरहेका बेला उक्त विस्फोट भएको हो ।