१४ भाद्र २०८३, आईतवार
,
Latest
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा योग शिविर



lgMz’Ns of]u lzlj/ uf]/vf, & c;f/ M !@ cf}F of]u lbj;sf] cj;/df lhNnf k|;f;g sfof{no uf]/vfsf] cfof]hgfdf cfOtaf/ ;b/d’sfdl:yt b|Jozfx jx’d’vL SofDk;df cfof]lht lgMz’Ns of]u lzlj/df of]ufEof;df ;xefuL x’Fb} lhNnf ;dGjo ;ldlt uf]/vfsf k|d’v df]xgaxfb’/ yfkfdu/ nufot . tl:j/ M bLks >]i7÷/f;;
अ+ अ-

गोरखा। बाह्रौँ विश्व योग दिवसका अवसरमा आज निःशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सदरमुकामस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा योग शिविर सञ्चालन गरिएको हो ।

योग शिविरमा सहभागीलाई विविध योगासन, प्राणयाम, ध्यान तथा योगबारे जीवनोपयोगी जानकारीसहित योगाभ्यास गराइएको योगगुरु अशोक शर्मा भट्टले जानकारी दिनुभयो । “योग शारीरिक अभ्यास मात्र नभएर आत्माबोध तथा आत्माशुद्धिको समग्र कल्याणतर्फउन्मुख कार्य पनि हो, यसबाट तनाव, असन्तुलन र मानसिक अशान्तिलाई कम गर्न योगाभ्यास अत्यावश्यक छ”, उहाँले भन्नुभयो ।

सोही अवसरमा सहभागीहरुलाई योगाभ्यासको मार्गदर्शन र व्यक्तिगत जीवनमा सकारात्मक सुधारका उपायबारेमा अभिमुखीकरण प्रदान गरिएको भट्टको भनाइ छ ।

गोरखा गुरु गोरखनाथको तपोभूमि पनि भएको र गोरखकालीको पवित्रस्थलमा गरिने योगाभ्यासको विशेष महत्व रहेको भट्टले बताउनुभयो । शिविरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, स्थानीय नागरिक, जनप्रतिनिधिलगायतको सहभागिता रहेको जिल्ला समन्वय समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले बताउनुभयो ।

गोरखनाथ कल्याण केन्द्रको समन्वयमा आयोजित निःशुल्क शिविर नेपाल नेचुरल साउण्ड हिलिङ इन्टरनेसनको सहआयोजनामा सम्पन्न भएको हो । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर श्रेष्ठलगायतको सहभागिता थियो ।

शिविरमा योग गुरु अशोक शर्मा भट्ट, प्रशिक्षक एलिस बन्जरा, मनोज दुवाडी, रुपेश श्रेष्ठ, कृष्ण शरण, अच्युत कृष्णलगायतले प्रशिक्षण प्रदान गर्नुभएको हो । रासस