२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा



अ+ अ-

काठमाडाैँ । तनहुँ जिल्लाका दशवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने लक्ष्यअनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल गरेका हुन् ।

आँबुखैरेनी गाउँपालिकालाई बिहीबार पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएसँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चित भएका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन् ।

उहाँका अनुसार जिल्लाका दशवटै पालिकाका ८५ वटै वडालाई यसअघि नै पूर्णखोप वडा घोषणा गरिसकिएको छ । अब केही दिनभित्रै तनहुँ जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिने उहाँले बताउनुभयो । पालिकाभित्र रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि सम्बन्धित पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिने व्यवस्था रहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोप अभियानले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्नुका साथै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ । जिल्लाभर खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाइँदै लगिने जनाइएको छ ।