२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर



अ+ अ-

काठमाडाैँ । स्याङ्जाकाे वालिङ नगरपालिका–६ एक्लेपिपलस्थित मिर्दि–चापाकोट भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

आज अन्दाजी १४:३० बजे गण्डकी प्रदेश ०४–००१ ह ०५७४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो।

घटनास्थलमा वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनाग्रस्त अटोलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ भने चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये स्याङ्जा, वालिङ–६ साठ्ठीघरेकी २१ वर्षीया सलिना नेपालीको टाउको र अनुहारमा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। सोही स्थानका १८ महिनाका दिप्सन नेपालीलाई पनि थप उपचारका लागि आफन्तको साथमा १५:२० बजे पोखरा रिफर गरिएको छ।

त्यस्तै, सोही स्थानकी २६ वर्षीया सुमित्रा नेपालीको ढाड, टाउको र दुवै खुट्टामा चोट लागेको छ भने ५० वर्षीय दुर्गा बहादुर गौतमको दायाँ हात, टाउको र छातीमा चोट लागेको छ। उनीहरू दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

अटो चालक वालिङ–८ बस्ने २६ वर्षीय सुमन बस्यालको बाँया हात र खुट्टामा सामान्य चोट लागेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।