२४ श्रावण २०८३, आईतवार
,
Latest
एन्जल्स हार्ट नेसनलको विजयी सुरुआत कांग्रेस केन्द्रीय समिति बैठक : १५औँ महाधिवेशनदेखि तराई–मधेशको घटनाक्रमसम्म छलफल बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकारका क्रियाकलाप र निर्णयहरु जनहितविपरीत रहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार पार्र्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रम, बजेट र अन्य निर्णयहरू मजदुर किसानका विरुद्ध रहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारको श्रमिक वर्गविरोधी नीतिविरुद्ध सदन र सडक दुवैतिरबाट आवाज उठाउने तयारी भइरहेको बताउनु भयो ।

उहाँले सरकारको जनहितविरोधी क्रियाकलापका विरुद्ध सबै प्रतिपक्षी दलहरूलाई एक ठाउँमा केन्द्रित गरेर अघि बढ्ने प्रयास भइरहेको समेत बताउनु भयो । उहाँले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाउनु भयो । प्रतिक्रियावादी शक्तिहरूले दलहरूभित्र विभाजन, अन्तरकलह र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट र अरु सबै निर्णयहरुले पनि सरकार नेपालका सबै गरिब, मजदुर, किसानका विरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको छ । गरिबका विरुद्ध छ, किसानका विरुद्ध छ, उत्पीडन समूदायका विरुद्ध छ र सरकार उच्च वर्गको हित गर्ने कुरामा केन्द्रित भन्ने कुरा प्रष्टसँग देखिएको छ । त्यसकारण सरकारको यो श्रमिक वर्गविरोधी गरिब मजदुर किसान विरोधी र जनाताका मौलिक अधिकार, टे«ड युनियन अधिकारलगायत अधिकारका विरुद्ध हामीले सबै मोर्चाबाट आवाज उठाउनुपर्ने छ । विस्तारै हामी सडक र सदनबाट पनि आवज उठाउनको लागि कोसिश अगाडि बढाइराखेका छौँ ।  सदनमा सबै प्रतिपक्षीहरुलाई एक ठाउँमा केन्द्रित गरेर अगाडि जाने हाम्रो कोशिस छ । सडकमा समेत यी विषयवस्तुहरु लैजान जरुरी छ ।’

अध्यक्ष दाहालले जनताले सरकारका गतिविधि बुझ्दै जाने अवस्था सिर्जना भइरहेको आत्तिहाल्नु्पर्ने अवस्था नरहेको समेत बताउनु भयो ।