५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित



अ+ अ-

काठमाडौं। बुढानिलकण्ड नगरपालिकाले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको समूह बी मा रहेको बुढानिलकण्डले मंगलबार ट्रेनिङ ग्राउण्डलाई ५७-५० ले पराजित गर्दै लगातार तेस्रो खेल जितेको छ ।

निके प्रतिस्पर्धात्मक खेलमा बुढानिलकण्ठले १४-१४, १२-८, १७-२३, १४-५ को प्रदर्शन गरेको थियो । खेलमा बुढानिलकण्ठकी अनुसा मल्लले सर्वाधिक २७ अंक जोडिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् । समूह बी मा बुढानिलकण्ठ ६ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

यसै समूहको अर्को खेलमा ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ७७-६ को फराकिलो अन्तरले हराउँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

एकपक्षिय खेलमा ट्रेनिङ ग्राउण्डले ३३-०, १४-४, १७-०, १३-२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । ट्रेनिङ ग्राउण्डकी विनामनी योन्जनले सर्वाधिक १५ अंक जोडिन् भने हिरा बोहरा प्लेअर अफ दि म्याच घोषित भइन् ।

तीन मध्ये दुई जित र एक हारबाट ५ अंक जोड्दै ट्रेनिङ ग्राउण्ड उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै समूह ए अन्तर्गत मंगलबार सुनसरी बास्केटबल एसोसिएसन र अन्नपूर्ण बास्केटबल एसोसिएसन विजयी भए ।सुनसरीले रोमाञ्चक खेलमा आइएस नेपाललाई ३८-३६ को अन्तरले हरायो ।

सुरुवाती दुई क्वाटरमा आइएसलृ ४-३ र १०-७ को अग्रता लिएपनि सुनसरीले तेस्रो क्वाटर १३-१३ को बराबरी गरेको थियो भने चौथो क्वाटर १५-९ ले आफ्नो पक्षमा पार्दै रोमाञ्चक जित हात पारेको हो ।

यस खेलमा सुनसरीकी हिमखेन लिम्बुले ८ अंक स्कोर गरिन् भने सनिता लिम्बु प्लेअर अफ दि म्याच घोषित भइन् ।

यस्तै अर्को खेलमा अन्नपूर्णले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८-४१ ले हरायो । अन्तपूर्णले खेलमा १५-९, ५-७, ९-९, १९-१६ को प्रदर्शन गरेको थियो । अन्नपूर्णकी निर्भय शर्माले सर्वाधिक २५ अंक स्कोर गरिन् र शर्मा नै प्लेअर अफ दि म्याच घोषित भइन् ।

समूह ए बाट आइएस समूह विजेता र सुनसरी समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् । अब सेमिफाइनलमा समूह ए को विजेता आइएसले समूह बी को उपविजेता ग्राण्डी स्टार्सँग खेल्नेछ भने समूह बी को विजेता बुढानिलकण्ठले समूह ए को उपविजेता सुनसरीसँग खेल्नेछ ।

दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ । नेपाल बास्केटबल संघले एक दशकपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।

प्रतियोगितामा सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गरेका हुन् ।

असार ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।