१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग
अ अ+ अ-

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् ।

केही वर्ष अघिसम्म न्यून विदेशी पर्यटकमात्रै भ्रमणमा आउने यस पदमार्गमा पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको आगमनसमेत बढ्न थालेको इटाली आधार शिविरमा होटल व्यवसाय गर्दै आउनुभएका हरिप्रसाद तिलिजाले बताउनुभयो । “धेरै दिनको यात्रा गर्नुपर्ने भएकाले यो क्षेत्र विदेशी पर्यटकको रोजाइमा मात्रै पर्ने गरेको थियो, पछिल्लो समय नेपाली पर्यटक पनि आउन थालेका छन् । पदमार्ग, झोलुङ्गे पुललगायतको पूर्वाधार बन्न थालेपछि पदयात्रामा आउने पर्यटकलाई राहत मिलेको छ”, तिलिजाले भन्नुभयो ।

धौलागिरि पदमार्गमा पूर्वाधार बन्दै गएपछि हत्केलामा ज्यान राखेर भिरमा हिँड्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ भने पदयात्रा पनि सुरक्षित हुन थालेको छ । दशैँको बिदाको समयमा एक साता लामो पदयात्रा गरी धौलागिरि आधार शिविरमा पुग्नुभएकी धौलागिरि गाउँपालिका–४ खाम्लाकी केसरी शर्माले पर्यटन विकासको अथाह सम्भावना रहेर पनि यो क्षेत्र प्रचारप्रसारको कारण ओझेलमा परेको अनुभव सुनाउनुभयो ।

“धौलागिरि पदमार्ग साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र हो, यसको प्रचारप्रसार र अत्यावश्यक पदमार्गलगायतका पूर्वाधार निर्माणलाई पूर्णताः दिनतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ”, म्याग्देली विद्यार्थी परिवार काठमाडाँैकी अध्यक्षसमेत रहनुभएकी शर्माले भन्नुभयो ।

पदमार्गअन्तर्गत नाउराको भिर, इटाली क्याम्पदेखि स्विस क्याम्प जाने पदमार्ग र जापानी क्याम्पदेखि आधार शिविरसम्मको ग्लासियर क्षेत्र पदयात्राको लागि अनौठो र साहसिक भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय पदमार्गअन्तर्गत सबैभन्दा जोखिमयुक्त रहेको नाउराको भिरदेखि बगर, दोभान, सल्लाघारी, इटाली बेस क्याम्प हुँदै स्विस क्याम्पसम्मको पदमार्गलाई स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारमार्फत प्राप्त भएको रु ६५ लाख बढी बजेटबाट करीब १२ किलोमिटर पदमार्गलाई निर्माण र मर्मत गरिएको हो ।

भिर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । उहाँले अझै पनि अप्ठ्यारा ठाउँमा पदमार्ग र खोलामा झोलुङ्गे पुल बनाउनको लागि पहल भइरहेको बताउनुभयो । पदमार्ग निर्माणसँगै धौलागिरि आधार शिविर र चक्रीय धौलागिरि र हिमाल आरोहणको लागि जाने पर्यटकलाई राहत भएको छ ।

जोखिमपूर्ण पदमार्ग र सञ्चारको पहुँच नभएको कारण आधार शिविर जानको लागि पर्यटकले हेलिकप्टरको प्रयोग गर्दै आएका छन् । आरोहणमा जाने अधिकांश पर्यटक हेलिकप्टरमार्फत जाने भए पनि धौलागिरिको फन्को लगाउने र आधार शिविर पुग्ने पर्यटक भने पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् ।

धौलागिरि पदमार्गमा मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृष्य पदयात्राको मुख्य आकर्षण रहेको छ । ग्लेसियर क्षेत्रमा रहेका हिमतालसमेत पर्यटकको आकर्षण बन्ने गरेका छन् ।