१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही



अ+ अ-

काठमाडौं । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन भएको आशङ्कामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान शुरु गरिएको छ ।

यसैगरी भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान शुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो कार्यमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

सैन्य भर्ना केन्द्र श्री नं २४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं छ बाहिनी अड्डा, कैलालीमा पनि परीक्षा दिन लगेकाका चार नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । त्यस्तै वास्तविक उम्मेदवारको खोजी भइरहेको र अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न चार गैरसैनिकलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष, स्वस्थ र प्रतिस्पर्धात्मक बनाइ नेपाली सेनामा योग्य व्यक्तिले सेवा गर्ने अवसर नगुमाओस् भन्नेमा जोड दिँदै आउनु भएकाले सोही बमोजिम गत वर्षदेखि भर्ना छनोट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक उपकरणमार्फत खराबी नियन्त्रण गर्ने गरिएको छ । यसले भर्ना छनोट प्रक्रियामा हुने अनियमितता कमी हुनाका साथै त्यस्ता कारवाहीले सङ्गठन शुद्धिकरण अभियानमा समेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ ।