१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेल बिक्री नहुँदा खेती गर्ने किसान चिन्तित



अ+ अ-

कञ्चनपुर । जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन थालेपछि जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेको भए पनि समयमा उत्पादन भएको तेल बिक्री नभएको स्थानीयको दुखेसो छ ।

“अघिल्ला वर्षहरुमा दशैँ, तिहार अगाडि नै तेल खरीदका लागि गाउँमै आउँथे ।” यहाँको बेदकोट नगरपालिकाको जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले रासससित भन्नुभयो, “अहिले दोहो¥याएर खेती गर्ने बेला पनि क्यामामाइलको तेल बिक्री भएन ।” उहाँले क्यामामाइल नामक जडीबुटीको तेल प्रतिलिटर रु ५५ हजारदेखि रु ६० हजारसम्म बिक्री हुने गरेको बताउनुभयो ।

बेदको नगरपालिका–६ धरमपुरका ४० जनाभन्दा बढी किसानले उत्पादन गरेको जडीबुटीको तेल बिक्री नभएको बोहराको भनाइ छ । त्यसैगरी धरपुरकै किसान धनबहादुर बोहराले तीन बिघामा क्यामामाइल खेती गरेको बताउनुभयो । “अन्न खेतीबाट जडीबुटीमा लागें” बोहराले भन्नुभयो, “उत्पादन गरेको तेल धन्किदा गुजारा चलाउन मुश्किल पर्ला जस्तो छ ।”

उहाँले दुई बिघा जमीन भाडामा लिएर जडीबुटी खेती गरिरहेको बताउनुभयो ।
यहाँका किसानहरु बिगत नौ वर्षदेखि जडीबुटीको खेती गरिरहेका छन् । “गाउँमा तेलमा दलाली गर्नेहरु आएपनि तेल खरीद गर्ने व्यापारी भने आएका छैनन् ।” बोहराले भन्नुभयो, “तेलमा कमिसन खान खोज्नेहरु सक्रिय छन् ।”

यहाँका नौ वटै स्थानीय तह र विभिन्न सामुदायिक वन गरी दुई हजार ५३० कठ्ठामा क्यामामाइल खेती हुँदै आएको तथ्याङ्कमा देखिन्छ । उत्पादित जडिबुटीको तेल कस्मेटिक सामग्री र औषधिमा प्रयोग हुने गरेको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामराज भट्टले भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको बताउनुभयो ।

“यहाँका भन्सार नाकाबाट बढी निर्यात हुने नै क्यामामाइलको तेल हो”, उहाँले भन्नुभयो, “तर अहिले भारतीय बजारहरुमा पनि यसको माग घट्दो अवस्थामा छ ।” यहाँका जडीबुटी खेतीमा जिल्लाभरि ५०० भन्दा बढी किसान आबद्ध छन् ।