१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० बुँदे काठमाडौँ घोषणपत्र पारित



अ+ अ-

काठमाडौं । ‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवद्र्धन गरौँ’ भन्ने अभियानका साथ शुरु भएको पाँचौँ विश्व महिला सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो ।

बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दै सो सम्मेलन समापन गरेको हो । घोषण पत्रमा महिलामाथि गरिने सबै प्रकारका विभेद्को अन्त्य, राष्ट्रिय महिला आयोगलाई पूर्णता, समानुपातिक सहभागितालाई कार्यान्वयन, बालविवाहको अन्त्य लगायतका विषय समेटिएका छन् ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकारले जिम्मेवार भई काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय सरकारसँग बुझेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार जुटेको उल्लेख गर्नुभयो । बियोण्ड बेजिङ कमिटि नेपालका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले सन् १९९५ मा चीनको बेजिङमा सम्पन्न चांैथो विश्व महिला सम्मेलनका कारण महिलाले आफ्नो आवाज राख्न वातावरण बनेको बताउनुभयो ।

उहाँले चौँथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैङ्गिक समानताको लागि उन्मुख गराएका कारण नेपालमा पनि परिवर्तन आएको दाबी गर्नुभयो । नेपालले बेजिङ सम्मेलनले प्रतिपादन गरेका १२ मुद्दा कार्यान्वयनका लागि राष्ट्रिय कार्यनीति तयार गरी पूर्ण प्रतिबद्धता व्यक्त गरिसकेको छ । जसमा बियोण्ड बेजिङ कमिटी नेपालले सन् १९९४ देखि नै लैङ्गिकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ ।