३० श्रावण २०८३, शनिबार
,
Latest
वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’



अ+ अ-

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बोली, वचन र व्यवहारमा सुधार गरी आफूलाई प्राप्त जिम्मेवारी उच्च व्यवसायिकताका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो ।

हालै सरूवा भई आआफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी निरीक्षकहरूलाई आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उहाँ आआफ्नो क्षेत्रमा देखा पर्नसक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही बहन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक कार्कीले सूचना सङ्कलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवं परिचालन गर्नुपर्ने बताउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थभन्दा साङ्गठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर सङ्गठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै सङ्गठनको साख वृद्धि हुने गरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

सम्पूर्ण प्रहरी कर्मचारीले पारदर्शी, काननुनसम्मत र विभेद्रहित ढङ्गले आआफ्नो जिम्मेवारी बहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन उहाँले निर्देशन दिनुभयो ।  रासस