५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल

सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल
अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. पुष्पराज कँडेलले बुढीगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोजेको आरोप लगाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।

सांसद कँडेलले उक्त आयोजनाबारे बजेटमा वित्तीय व्यवस्थापनको कुनै खाका समेत नआएको भन्दै आपत्ति समेत जनाउनु भयो । कृषि क्षेत्रलाई शिर्ष प्राथमिकता दिएको बजेटमा उल्लेख गरिएपनि सोही अनुसारको बजेटको व्यवस्थापन नभएको सांसद कडेलको गुनासो थियो ।

उहाँले भन्नुभयो,‘बुढी गण्डकीको बारेमा मैले पटक पटक भनिराखेको छु । फेरि पनि म के उठाउँछु भने प्राधिकरण मोडलमा लैजाने भनिएको छ बजेटमा । यो चाहीँ फुटबललाई हानेको जस्तो कहिले प्राधिकरणबाट समितिमा लैजाने, कहिले समितिबाट प्राधिकरणमा लैजाने । तर त्यसको वित्तिय खाका के हो ? र कसरी जान्छ ? भन्ने कुरा यसमा कुनै प्रष्ट हिसावले आएको छैन । खाली पन्छयाउन खोजेको मात्रै मैले देख्छु । एउटा यो पूँजीगत खर्च नहुने एउटा अवस्था हाम्रो रहेको छ । तर पूँजीगत खर्च कसरी बढाउने भन्ने कुरा समग्र बजेट वक्तव्यमा पनि आएको छैन । र यो विनियोजन विधेयकमा पनि आएन ।’

सांसद कँडेलले राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था पनि नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।