६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता News Polar पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल News Polar सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची News Polar एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने News Polar घुम्ती गोठमा रमाएका टीकाजीत News Polar शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली

सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न नीतिगत, कानुनी र प्रशासनिक अवरोधहरू हटाउन पहल भइरहेको बताएका छन्।

उनका अनुसार उक्त लक्ष्य केवल विद्युत् उत्पादनमा सीमित नभई देशको दीर्घकालीन आर्थिक भविष्यसँग जोडिएको विषय हो। उनले सरकार यो लक्ष्य पूरा गर्न आवश्यक सुधारका कामहरू अघि बढाइरहेको बताए।

पराजुलीले धेरै जलविद्युत् तथा ऊर्जा आयोजनाहरू जग्गा प्राप्ति र मुआब्जा प्रक्रियाका कारण प्रभावित भइरहेको उल्लेख गरे। उनले वातावरण संरक्षण आवश्यक भए पनि वन क्षेत्रको प्रयोग अनुमति र रुख कटान स्वीकृति प्राप्त गर्न वर्षौं लाग्ने अवस्थाले लगानीमैत्री वातावरण बन्न नसकेको धारणा राखे।

त्यसैगरी उनले प्रसारण लाइन निर्माणमा हुने ढिलाइका कारण उत्पादन सम्पन्न भइसकेका आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए। उनले यस क्षेत्रमा पनि सरकार सक्रिय रूपमा सुधारका काम गरिरहेको उल्लेख गरे।

सांसद पराजुलीले वर्षायाममा उत्पादन हुने विद्युत् आन्तरिक खपत र निर्यात बजारको अभावलाई पनि प्रमुख चुनौतीको रूपमा औँल्याएका छन्।