९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले मुलुकमा पछिल्लो समय बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोह सक्रिय रहेको भन्दै तत्काल कारबाहीको माग गर्नुभएको हो ।

सांसद न्यौपानेले पछिल्ला केही प्रतिनिधि घटनाहरू प्रस्तुत गर्दै बुद्धनगर निवासी तारा पोखरेल र मोना पोखरेलको ह्वाट्सएप ह्याक गरी उनीहरूका परिचित व्यक्तिहरूबाट लाखौँ रुपैयाँ असुल गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी, अर्का पीडित सुधिरमान प्रधानको ह्वाट्सएपमा आइपीएस एक्टिभ गर्ने बहानामा आएको लिङ्क क्लिक गर्दा उनको बैंक खाताबाट पटक–पटक गरी १० लाख रुपैयाँ चोरी भएको घटना पनि उहाँले संसदमा प्रश्तुत गर्नुभयो ।

ठगीका यस्ता घटनामा संलग्न गिरोहले नेपालकै विभिन्न बैंकका खाताहरू र क्यूआर कोड प्रयोग गरिरहेको पाइएकाले त्यस्ता खाताहरूको पहिचान गरी तत्काल रोक्का गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साइबर अपराधका उजुरीको चाप बढ्दो भएपनि अनुसन्धान गर्ने निकाय साइबर ब्युरोसँग सिमित स्रोतसाधन रहेको उल्लेख गर्दै उहाँले ब्युरोलाई थप शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउन सरकारसँग माग गर्नुभयो । साथै, नागरिकमा डिजिटल साक्षरताको कमीका कारण यस्ता ठगीका घटनाहरू बढेको भन्दै सरकारले डिजिटल साक्षरता अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।