५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी

ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निर्माण अघि नबढाई बहानाबाजी गर्ने प्रवृत्तिप्रति सरकार कठोर बन्ने चेतावनी दिनुभएको छ ।

शुक्रवार इप्पानको २६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रमैत्री नीति अवलम्बन गरिए पनि सुशासनका सन्दर्भमा सरकार निर्मम बन्नुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो । उहाँले ऊर्जा क्षेत्रमा रहेको ‘लाइसेन्स राज’ अन्त्य गर्ने र आयोजना कब्जा गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने सरकारको स्पष्ट नीति रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठका अनुसार ऊर्जा क्षेत्रको समग्र विकास, कानुनी सुधार र आगामी रणनीतिका विषयमा सरकार स्पष्ट छ । उहाँले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा सिधै विद्युत् व्यापार गर्न दिने व्यवस्था अघि बढाइने जानकारी दिनुभयो ।

त्यसैगरी निजी लगानीमै प्रसारण लाइन निर्माण गरी ह्वीलिङ चार्ज लिएर विद्युत् व्यापार गर्न पाउने कानुनी व्यवस्था गरिने उहाँले बताउनुभयो । जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत शतप्रतिशत लगानी सुनिश्चित भए पहिलो वर्षमै ४० प्रतिशतसम्म आईपीओ जारी गर्न सकिने र लाइसेन्स अवधि ५० वर्षसम्म हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

सरकारले ‘टेक अर पे’ मोडेलमा नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने तयारी गरेको छ । १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको पीपीए तत्काल खुला गरिएको र यसले साना तथा मध्यम प्रवर्द्धकलाई लगानी सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

हरित लगानी आकर्षित गर्न स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्डमार्फत गैरआवासीय नेपालीको पुँजी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्य लिइएको मन्त्री श्रेष्ठले बताउनुभयो । जलविद्युत् क्षेत्रमा स्थिर ब्याजदरमा कर्जा प्रवाहको व्यवस्था मिलाइने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वच्छ ऊर्जालाई एआई तथा डिजिटल सेवा उद्योगसँग जोडेर नयाँ सम्भावनाको खोजी गरिनेछ । ग्रीन हाइड्रोजन प्लान्टको पाइलट परियोजनामार्फत भविष्यको स्वच्छ ऊर्जा अर्थतन्त्रको आधार निर्माण गर्ने तयारी भइरहेको छ ।

वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधारसम्बन्धी विद्यमान कानुनी असङ्गतिहरू हटाइएका छन् । वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ मा संशोधन प्रक्रिया अघि बढाइएको छ । वन क्षेत्र स्वीकृति तथा रुख कटानसम्बन्धी बहुस्तरीय प्रक्रिया सरल बनाइएको तथा केही अवस्थामा पूरक ईआईए आवश्यक नपर्ने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।

यसैगरी विद्युत् उत्पादनसँगै खपत र निर्यात रणनीतिमा जोड दिइएको छ । हाल प्रतिव्यक्ति ऊर्जा खपत ४५० किलोवाट आवर रहेकोमा आगामी १० वर्षभित्र यसलाई १५०० किलोवाट आवरसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणलाई प्रतिस्पर्धात्मक र दक्ष ऊर्जा बजार विकासका लागि अनबन्डलिङ गर्ने तयारी भइरहेको छ । साथै अन्तरदेशीय विद्युत् व्यापार विस्तारका लागि बुटवल–गोरखपुर, इनरुवा–पूर्णिया, ढल्केबर–मुजफ्फरपुर–सितामढी, लम्की–दोदोधारा–बरेली, लमही–लखनऊ, निजगढ–मोतिहारी र चिलिमे–केरुङजस्ता प्रसारण लाइन परियोजनालाई प्राथमिकतामा राखिएको छ ।

मन्त्री श्रेष्ठले सरकार वास्तविक लगानीकर्तालाई अवसर दिन प्रतिबद्ध रहेको बताउँदै निर्माण अघि नबढाई आयोजना ओगट्ने र ढिलाइ गर्ने प्रवृत्तिविरुद्ध कडा नीति अपनाइने स्पष्ट पार्नुभयो ।