१२ श्रावण २०८३, मंगलवार
,
Latest
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल



अ+ अ-
काठमाडाैँ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक परे नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं साधारणसभा तथा ८औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले ऊर्जा क्षेत्रसँग सम्बन्धित समस्या र सुझावहरू सरकारलाई जानकारी गराउन आग्रह गरे।

‘नीतिगत तहमा केही सुधार गर्नुपर्ने भए हामीलाई जानकारी गराउनुहोस्। ऊर्जा क्षेत्रका समस्या भए पनि भन्नुहोस्, हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन दिन सक्छौं,’ उनले भने।

उनले हालको नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री रहेको उल्लेख गर्दै आगामी दिनमा अझै निजी क्षेत्रलाई अनुकूल हुने गरी नीतिहरू ल्याइने प्रतिबद्धता पनि व्यक्त गरे।

‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौं। हाम्रो लक्ष्य पूरा गर्न निजी क्षेत्रको आवश्यकता हुन्छ। त्यसैले हामी अझै निजी क्षेत्रमैत्री बन्दै जानेछौं,’ गजुरेलले भने ।