३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै
अ+ अ-

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुरको पूजा गरी मनाइँदैछ । घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिइ यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो

यसैबीच, ललितपुरकी स्नेहा श्रेष्ठ सयौँ कुकुरहरूको जीवनदाताका रूपमा चिनिनुहुन्छ । कयौँ घाइते कुकुरलाई बाटोबाट उठाएर उपचार गर्नुभएको छ । दर्जनौँलाई संरक्षण र सुरक्षाको जिम्मा लिनुभएको छ । उहाँको स्नेहाज केयर नामक संस्था दर्जनौँ घाइते कुकुरको आश्रयस्थल बनेको छ । भैँसेपाटीस्थित संस्थाको सेल्टरमा कति खुट्टा नभएका, आँखा फुटेका, ढाड भाँचिएका जस्ता रोगी, अपाङ्ग र बेसाहारा कुकुरको घर भएको छ ।

सन् २०१४ देखि स्नेहा यस्तै असहाय कुकुरको उद्धार, उपचार र संरक्षणमा डटिरहनुभएको छ । घाइते, बिरामी कुकुरहरू जब तङ्ग्रिँदै जान्छन्, उहाँको मन प्रफुल्ल हुन्छ । कुकुर संरक्षणमा सन्तुष्टि मिलेको स्नेहा बताउनुहुन्छ । आफ्नै सन्तानलाई झैँ कुकुरको माया गर्ने स्नेहा पहिल्यैदेखि पशुप्रेमी भने हुनुहुन्नथ्यो । विवाहपछि घरमा भएको एक घटनाले उहाँको मनलाइ परिवर्तन गरिदियो । उहाँ कुकुर बिराला प्रेमी नभए पनि उहाँका श्रीमान भने घरमा कुकुर पाल्न चाहुनुहुन्थ्यो ।

श्रीमान्ले रहर गरेर ल्याएको कुकुर एक दिन म रेपछि उहाँलाई नराम्रो लाग्यो । त्यसपछि घरमा अर्को कुकुर ल्याउनुभयो र त्यसको नाम ‘जारा’ राखियो । जारालाई निकै पुल्पुलाएर पाल्नुभयो । जारा पनि आफ्नो परिवारसँग निकै नजिक थियो । स्नेहा सधैँ बाहिरबाट घर फर्किंदा जारा उहाँलाई गेटसम्म लिन आउँथ्यो । तर एक दिन अफिसबाट घर फर्किंदा ऊ गेटमा आएन । त्यस दिनको स्मरण गर्दै स्नेहा भन्नुहुन्छ, ‘‘भित्र जाँदा ऊ बिरामी अवस्थामा रगत ल तपतिएर बसेको थियो । उसलाई विष हालेर खान दिइएको रहेछ ।’’

बेलाबेला जाराको भुकाइको विषयलाई लिएर छिमेकीसँग सानातिना भनाभन हुने गरेको भए पनि उसलाई विष हालेरै मा रिदेलान् भन्ने स्नेहाले सोच्नुभएको थिएन । विष परेको केही दिनपछि जारा मर्यो । जाराको म रणले उहाँलाई विक्षिप्त जस्तै बनायो । आफू बिरामी जस्तै भएर खानादेखि निदाउन पनि नसक्ने भएको उहाँ सुनाउनुहुन्छ । अहिले पनि उहाँ आफ्नो कोठामा जाराको फोटो राख्नुहुन्छ । जाराको मायाले आफूलाई जनावरप्रति दया गर्ने शक्ति र प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।

आफ्नो कुकुरको मृत्युपछि उहाँको मनमा विचार आयो, ‘‘घरमा मायाले पालेको निर्दोष कुकुर त विष हालेर मा रिन्छ भने सडकका अलपत्र ती अबोध पशुमाथि मानिसले कतिसम्मको अवहेलना गर्छन् होला ?’’ त्यसपछि बाटामा कुकुर देख्दा उहाँलाई आफ्नै कुकुरको सम्झना आउँथ्यो र त्यसलाई खानेकुरा खुवाउन थाल्नुभयो । जहाँ जाँदा पनि उहाँले आफनो गाडीमा खिचिरमिचिर खाने कुरा बोकेर हिँड्नुहुन्थ्यो । बाटामा भेटिने घाइते कुकुरलाई त्यसै छोडेर हिँड्न मनले मान्दैनथ्यो र बोकेर केनल क्लबसम्म उपचारका लागि पुर्याउनुहुन्थ्यो । यसरी स्नेहाले बाटाबाट उठाएर ल्याएको कुकुरले केनल क्लब नै भरिने स्थिति हुन्थ्यो ।

त्यतिबेला आफूले सयौँ कुकुरको त्यसरी उद्धार गरेको उहाँ बताउनुहुन्छ । यसरी पनि नभएपछि उहाँले आफै सेल्टर स्थापना गरेर केयरमा कुकुरको सम्पूर्ण हेरचाह गर्नथाल्नुभयो । यहाँ हाल १५५ वटा विभिन्न अवस्थाका कुकुरहरूको संरक्षण गरिएको छ । दस हजारभन्दा बढी कुकुरहरूको उपचार भएको छ । स्नेहाज केयरले हालसम्म ३० हजारभन्दा बढी कुकुरको रेबिज भ्याक्सिनेसन गरेको छ । सेल्टरमा निकै पीडादायी अवस्थाका जीवित रहेका कुकुर छन् । रोगले थलिएका र बुढ्यौली लागेपछि घरपालुवा कुकुर पनि सडकमा फालिन्छन् ।

तीनै कुकुरको उद्धार गरी स्नेहाज केयरले संरक्षण गरिरहेको छ । सेल्टरमा १७ वटा पक्षघात भएका कुकुर छन्, जसलाई ह्विल चेयरमा हिँडाइन्छ । सबै कुकुरलाई घरमा जस्तै मायाले राखिएका छन् । सबै कुकुरलाई नाम दिएर उनीहरूको मेडिकल हिस्ट्रीको अभिलेख राख्ने गरिएको छ । तर उद्धार गर्दा गर्दै कुकुर यत्ति धेरै भइसके कि अब स्नेहाज केयरको सेल्टर नै साँघुरो लाग्न थालिसकेको छ । त्यसैले कुकुर पाल्नेहरूले यसरी कुकुरलाई बेसाहारा नछोड्न उहाँ आग्रह गर्नुहुन्छ । गोरखापत्र दैनिकबाट