५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही

भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही
ज्ञान बहादुर शाही
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही ले भन्सार करछलीसम्बन्धी प्रकरणको तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेता शाहीले विद्युतीय सवारीसाधन (ईभी) आयातमा कर छली भएको आरोप लगाउँदै घटनाको निष्पक्ष अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो। उहाँले अर्थमन्त्री स्वयं उक्त प्रकरणमा संलग्न रहेको दाबी गर्दै सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन आवश्यक रहेको धारणा राख्नुभयो।

नेता शाहीले अर्थमन्त्रीले संसदीय समितिमा समेत गलत जानकारी दिएको आरोप लगाउँदै गाडी नेपाल भित्रिनुअघि नै कसरी भन्सार जाँचपास भयो भन्ने विषयमा सरकारसँग जवाफ माग गर्नुभयो। साथै, गत वर्ष पनि केही सवारीसाधनमा भन्सार तथा कर छुट दिइएको विषयमा छानबिन गरी राजस्व असुल गर्न महालेखा परीक्षकको प्रतिवेदनले सुझाव दिएको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

उहाँले महालेखा परीक्षकको प्रतिवेदन उद्धृत गर्दै तातोपानी, कोरोला र रसुवागढी नाकाबाट आयात गरिएका ईभी गाडीको मोटर क्षमतासम्बन्धी विवरणमा हेरफेर गरी कर छुट दिइएको उल्लेख गर्नुभयो। प्रतिवेदनअनुसार ती नाकामार्फत मात्रै २ अर्ब ५० करोड ८३ लाख १६ हजार रुपैयाँ बराबरको राजस्व छुट भएको र देशभर कुल ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार रुपैयाँ कर तथा महसुल छुटबारे छानबिन गरी असुलउपर गर्नुपर्ने उल्लेख गरिएको उहाँको भनाइ थियो।

शाहीले महिनाको पहिलो १४ दिनभित्र हजारौं सवारीसाधन आयात भएको र गाडी नेपाल आइपुग्नुअघि नै भन्सार पास भएको देखिने अवस्थाले गम्भीर प्रश्न उठाएको बताउनुभयो। दोषी ठहर गर्ने उद्देश्य नभई सत्यतथ्य पत्ता लगाउन मात्र संसदीय छानबिन समिति गठनको माग गरिएको उहाँले स्पष्ट पार्नुभयो।

उहाँले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा त्यसअनुसार काम गर्न नसकेको आरोप समेत लगाउनुभयो।