१२ श्रावण २०८३, मंगलवार
,
Latest
काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला



अ+ अ-

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेसबिच भएको समझदारीअनुसार विद्यालयहरूमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिने ‘रिड विथ अक्सफोर्ड’ कार्यक्रमका लागि पुस्तक सेटको बुकिङ खुला गरिएको छ।

प्याब्सन केन्द्रीय कार्यसमितिले बिहीबार जारी गरेको परिपत्रअनुसार प्राथमिक तहका विद्यार्थीहरूमा पढ्ने बानीको विकास तथा पठन संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

कार्यक्रमअन्तर्गत ६ विभिन्न चरण (स्टेज) मा वर्गीकृत ७० वटा उत्कृष्ट पठन सामग्री समेटिएको ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेट उपलब्ध गराइनेछ। प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरूले आफ्नो आवश्यकता अनुसार उक्त पुस्तक सेट आरक्षण (बुकिङ) गर्न सक्नेछन्। उपलब्धताको व्यवस्थापनलाई ध्यानमा राख्दै प्रत्येक विद्यालयले अधिकतम पाँच सेटसम्म मात्र बुकिङ गर्न पाउने व्यवस्था गरिएको छ।

प्याब्सनका अनुसार पुस्तक सेट बुकिङ गर्ने अन्तिम मिति २०८३ असार १५ गते (२९ जुन २०२६) तोकिएको छ। विद्यालयहरूले अनलाइन माध्यमबाट बुकिङ गर्न सक्नेछन्।

प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेसबीच १३ जनवरी २०२६ मा सम्पन्न समझदारीपत्रअनुसार नेपालभरका विद्यालयहरूमा विश्वस्तरीय पठन सामग्रीको पहुँच विस्तार, विद्यार्थीमा पठन संस्कारको विकास, शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा विद्यालय नेतृत्व सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ।

प्याब्सनका महासचिव आरबी कटवालले शिक्षा सुधारको आधार सशक्त पाठक निर्माणबाट सुरु हुने विश्वास व्यक्त गर्दै पुस्तक मात्र पर्याप्त नहुने बताए। गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षक, सक्षम विद्यालय नेतृत्व र स्पष्ट शैक्षिक उद्देश्य अपरिहार्य रहने उनको भनाइ छ।

देशभर पाँच हजारभन्दा बढी निजी तथा आवासीय विद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको प्याब्सनले गुणस्तरीय, जीवनोपयोगी तथा उद्देश्यपूर्ण शिक्षाको प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको जनाएको छ। कार्यक्रममार्फत विद्यालयहरूमा पठन संस्कृतिको सुदृढीकरण र सिकाइको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




भर्खरै