५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग

प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग
अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रधानमन्त्री स्वयं उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने माग गरेको छ ।

बैठकमा बोल्दै पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीका तर्फबाट अन्य मन्त्रीले जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नहुने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउनु आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री स्वयं उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा संसदमा पठाउनुपर्ने धारणा राख्नुभयो ।

“प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ भन्ने कुरा सुन्नमा आएको छ । यसमा हाम्रो सहमति छैन । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो । हाम्रो माग अरू केही होइन । उहाँ यहाँ आउँदै नआउने र अरू कसैले स्पष्टिकरण दिने कुरा न्यायसंगत छैन, संविधानसम्मत पनि छैन । उहाँको आफ्नै धारणा के हो भन्ने कुरा संसदले सुन्न पाउनुपर्छ । यदि उहाँ बोल्न आउनुहुन्न भने लिखित रूपमा धारणा पठाउनुपर्छ । नत्र एउटाले गल्ती गर्ने र अर्कोले त्यसलाई सच्याउने अभ्यास स्वीकार्य हुँदैन,”उहाँले भन्नुभयाे ।