१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा पुष्प माला र गुच्छा खपत



अ+ अ-

हेटौँडा । मकवानपुर जिल्लाको उत्तरी भेगस्थित इन्द्र सरोवर, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न वडाका कृषकले लगाएका सयपत्री, गोदावरी र मखमली फूलको माला र गुच्छा काठमाडौँ र ललितपुरको स्थानीय बजारमा खपत भइरहेको छ ।

ती फूलका माला र गुच्छा क्रमशः रु ८० देखि रु १३५ सम्म बिक्री वितरण भइरहेको इन्द्र सरोवर गाउँपालिका–७ सल्लेरी निवासी अगुवा कृषक शुक्रराज लामाले बताए । जिल्लाको साविक चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, इपापञ्चकन्या, दामन, पालुङ र भीमफेदी गाउँपालिकासमेतका एक हजार २३४ कृषकले पुष्पखेती गरेको मकवानपुर जिल्ला समन्वय समितिले जनाएको छ ।

ती कृषकरुले उत्पादन गरेका पुष्प माला र गुच्छा चितवनको भरतपुर, नारायणगढ तथा मकवानपुरको हेटौँडा, मनहरी, लोथरमा खपत भएको र स्थानीय व्यापारीले काठमाडौँ, ललितपुर, चितवन र हेटौँडामा समेत गरी रु ७० लाख ५० हजार मूल्य बराबरको पुष्प माला र गुच्छा बिक्री गरेको थाहा नगरपालिका–५ का कृषक हरिकृष्ण कार्कीले बताए ।

मकवानपुरमा मौसमी तरकारीखेतीका साथै उन्नत पुष्पखेतीबाट कृषक नियमित आर्थिक आत्मनिर्भर बन्दै गएको र ती क्षेत्रमा आधुनिक प्रविधिबाट पुष्प र तरकारी उत्पादनका लागि प्याकेज कार्यक्रम यसै आर्थिक वर्षदेखि लागू गरिने नगरप्रमुख लवशेर विष्टले बताए । नेपाल समाचारपत्र दैनिकबाट