२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई



अ+ अ-

काठमाडाैँ । विपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बीवाईडी घोटला प्रकरणबारे संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मिलेमतोमा बीवाईडी कम्पनीको गाडीहरु निर्यातमा कर छली गरेको चर्चा रहेका बेला अध्यक्ष राईले त्यसको सत्यतथ्य कुरा बाहिर ल्याउनका लागि सरकारले तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको हो ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफूहरुले कर छली प्रकरणबारे छानविन गरेर सत्य कुरा बाहिर ल्याउन सरकारसँग माग गरिएको बताउनु भयो ।

अध्यक्ष राईले भन्नुभयो,‘बीवाईडी घोटला प्रकरणको लागि संसदीय छानविन समिति गठन हुनु पर्दछ ।’

फरक प्रसंगमा अध्यक्ष राईले आफूलाई ट्राफिक प्रहरीले कारबाही गरेको भन्ने कुरा सत्य नभएको जिकिर पनि गर्नुभयो । ट्राफिक नियम उलंघन गरेको आरोपमा तपाईलाई कारबाही गरिएको हो नि भनेर सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । अध्यक्ष राईले उक्त विषयमा आफू अनविज्ञ रहेको बताउनु भयो ।