५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन

प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन
अ+ अ-

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा र नियमावलीको पालना गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

बैठक सञ्चालनका क्रममा प्रतिपक्षी सांसदहरूले सभाको स्थापित पद्धति विपरित व्यवहार गरेको भन्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

त्यसपश्चात प्रतिपक्ष दलहरुल सदन अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मंगलवारको बैठकमा शहीदप्रति बेन्चबाटै मौनधारण गरे । मौनधारणपछि सदनलाई सम्बोधन गर्दै अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार बैठक सभामुखले सञ्चालन गर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराउनु भयो ।

प्रतिपक्षी दलका सदस्यहरूले फरक विषयमा समय माग गरेपछि सभामुखले समय उपलब्ध गराएको अवस्थामा पनि, सदस्यहरूले हलबाटै आफैं समय तोकेर सभा सञ्चालन गर्न खोज्नु संसद्को अपमान भएको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘मुलुकका लागि ज्यान आहुति दिने सहिदहरूप्रति हाम्रो सधैं उच्च सम्मान छ र रहिरहनेछ । उनै शहीद र परिवारको परिकल्पनाअनुसार निर्वाचित भएर आएका प्रतिनिधिहरूको यो उच्च सभा सभामुखले सञ्चालन गर्ने हो । तर सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्न खोज्ने प्रयासले यस गरिमामय सभाको अपमान भएको देखिन्छ ।’

उहाँले आगामी दिनमा यस्ता गतिविधि नदोहो¥याउन र सभालाई नियमानुसार मर्यादित ढंगले सञ्चालन गर्न सबै सदस्यहरूलाई सहयोगका लागि सचेत गराउनुभएको छ । संसदीय प्रणाली र स्थापित परम्पराको पूर्ण पालना गर्दै सदनको गरिमा उच्च राख्न उहाँले जोड दिनुभयो ।