५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
अ+ अ-

काठमाडाैँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राज्य एक्लैले देशको विकासका लागि आवश्यक सबै स्रोत परिचालन गर्न नसक्ने बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताबिना आर्थिक रूपान्तरण सम्भव नहुने धारणा व्यक्त गर्नुभएको छ ।

राजधानीमा आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले विकास प्रक्रियामा सरकार नेतृत्वदायी भूमिकामा रहने भए पनि सम्पूर्ण जिम्मेवारी सरकारले मात्र वहन गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले सरकार र निजी क्षेत्रबीचको भूमिकाबारे अझ स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पाण्डेले बजेटले संरचनात्मक परिवर्तन, राज्यको चरित्र रूपान्तरण र अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने लक्ष्य राखेको भन्दै त्यस्ता उद्देश्य हासिल गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्य अपरिहार्य हुने बताउनुभयो ।

आफ्नो अर्थमन्त्रीको अनुभव स्मरण गर्दै उहाँले नेपालको विकाससम्बन्धी सबै अपेक्षा अर्थ मन्त्रालय वा राज्य एक्लैले पूरा गर्न नसक्ने धारणा राख्नुभयो । आवश्यक लगानी, स्रोत परिचालन र वित्तीय व्यवस्थापनको सम्पूर्ण भार सरकार एक्लैले वहन गर्न असम्भव रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “देश निर्माणको समग्र प्रक्रियामा राज्य नेतृत्वदायी भूमिका अवश्य छ, तर विकासको मुख्य जिम्मेवारी कसले लिने भन्ने विषय अझै स्पष्ट छैन। निजी क्षेत्र र सरकारको भूमिकाबारे स्पष्टता आवश्यक छ। राज्य एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन।”

उहाँका अनुसार बजेटले ठूलो संरचनात्मक परिवर्तनको लक्ष्य राखे पनि त्यसका लागि स्पष्ट स्रोत र कार्यान्वयन रणनीति नदेखिएकाले व्यवहारिक कार्यान्वयन चुनौतीपूर्ण हुने देखिन्छ ।