५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी

प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीमाथि नेपाललाई ‘सीमा अतिक्रमणकारी देश’ भनेर प्रस्तुत गर्न खोजिएको आरोप लगाउँदै कडा टिप्पणी गरेका छन्।

राईले सामाजिक सञ्जालमा फैलाइएका केही दाबीहरूलाई लक्षित गर्दै प्रमाणविहीन सामग्रीका आधारमा नेपाललाई गलत रूपमा चित्रण गर्ने प्रयास भइरहेको बताएका छन्। उनले यसलाई राष्ट्रहितविपरीत कदमको संज्ञा दिँदै प्रश्न उठाए— “राष्ट्रको बेइज्जत गर्दा किन कसैलाई आनन्द हुन्छ? यस्तो मानसिकता हामीले किन विकास गर्दैछौं?”

उनका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिपछि नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको भन्ने सन्दर्भमा बहस र विवाद उत्पन्न भएको छ।

यसअघि जेठ १७ गते प्रधानमन्त्री बालेन शाह ले प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारततर्फ केही जमिन मिचेको जस्ता विषयमा टिप्पणी गरेको बताइन्छ। सो अभिव्यक्तिपछि विपक्षी दलहरूले त्यसको व्याख्या र प्रमाणबारे प्रश्न उठाउँदै आएका छन्।

सोही विषयलाई उल्लेख गर्दै राईले प्रतिपक्षी दलहरूले लगातार सदनमा “नेपाल सीमा अतिक्रमणकारी देश होइन” भन्ने कुरा स्पष्ट पार्न माग गर्दै आएको बताए। उनले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुपर्ने र आवश्यक परे आत्मालोचना तथा माफी माग्नुपर्ने मागसमेत राखे।

उनले सभामुखले यस विषयमा भूमिका खेल्दै प्रधानमन्त्रीलाई सदनमा बोलाएर स्पष्ट जवाफ लिनुपर्ने माग पनि गरेका छन्। राईले सभामुखको अभिभावकीय भूमिकामा जोड दिँदै यस विषयमा रुलिङ आवश्यक रहेको बताएका छन्।