५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाको फोहर बिसर्जनमा अवरोध



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेपनि आफूहरुको माग सम्बोधन नभएको भन्दै फोहर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ ।

यही फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधको कारण आज पनि काठमाडौँबाट फोहर आउन नदिएको ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयासीले राखेको माग प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रियाअनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका वस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर बिसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर बिसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने रहेको छ ।

“सरकारले प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागी उच्चस्तरीय समिति र ‘र्‍यापिड एक्सन टास्क फोर्स’ गठन गर्ने निर्णय गरे पनि त्यसमा हामीहरुको जायज मागको सम्बोधन भएको छैन”, संयोजक ढुङ्गानाले भन्नुभयो, “नयाँ माग र समस्या केही होइन, यसअघि भएको सहमतिको पालना गर्न सरकारीस्तरबाट स्पष्ट निर्णय नआएसम्म विरोध कायम रहन्छ ।”

प्रभावित क्षेत्रका बासिन्दाले नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँ (यसअघिका विभिन्न अध्ययन प्रतिवेदनले मानव बसोबासको लागि जोखिम भनेको स्थान) का बस्ती स्थानन्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्यरुपमा उठाएका छन् । उक्त माग सम्बोधनको लागी त्यसक्षेत्रको जग्गा पशुपति, कालमोचन भैरवलगायतका गुठीको नाममा भएकाले कानुनअनुसार रैकर हुनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा गत २३ गतेदेखि उपत्यकाको फोहर बिसर्जनमा अवरोध गर्न थालिएको हो ।