१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

मुख्यमन्त्री नमूना गाउँ निर्माणमा जुटे स्थानीयवासी

मुख्यमन्त्री नमूना गाउँ निर्माणमा जुटे स्थानीयवासी
अ अ+ अ-

दमौली । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा छनोट भएको तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासी गाउँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि जुटेका छन् । पाथर्दीलाई व्यवस्थित र नमुना गाउँ बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको डिपिआरका लागि स्थानीयवासीले देउसीभैलोबाट रकम सङ्कलन गरेका हुन् ।

नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा गाउँमा नै देउसीभैलो खेलेर रु दुई लाख सङ्कलन भएको पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री नमूना कृषक समूहका निवर्तमान अध्यक्षसमेत रहनुभएका आलेका अनुसार कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर गाउँको डिपिआर बनाउन लागिएको छ । “कृषि र पर्यटन पाथर्दीको पहिचान हो”, आलेले भन्नुभयो, “यसलाई व्यवस्थित गरेर गाउँको विकासमा जुट्ने प्रयास गरेका छौँ ।” डिपिआर निर्माणका लागि देउसीभैलोबाट सङ्कलित रकमले मात्रै नपुग्ने भएकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पनि बजेटको माग गरिने आलेले बताउनुभयो । आलेका अनुसार पाथर्दीमा रहेको इलुङ झरनामा पैदलमार्ग, खेलकूद मैदान, बालउद्यान र पुस्तकालयसहितको उद्यान बनाउने लक्ष्य राखिएको छ । साथै लोप हुँदै गइरहेको चौतारा र कुवाको संरक्षण गरिनेछ । डिपिआर निर्माण गर्ने उद्देश्यसहित खेलिएको देउसीभैलोमार्फत भीमाद नगरपालिका–९ वडा कार्यालयको तर्फबाट रु ५० हजार सहयोग गरिएको वडाध्यक्ष इमान थापाले बताउनुभयो ।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा छनोट भएको पाथर्दीमा गण्डकी प्रदेश सरकारले गत वर्ष रु २५ लाख सहयोग गरेको थियो । उक्त रकमबाट घाँसका बिरुवा वितरण, बाख्रा वितरण, खोर सुधार लगायतको काम सम्पन्न भएको मुख्यमन्त्री नमूना कृषक समूहका अध्यक्ष डोलराज गुरुङले जानकारी दिनुभयो ।

साथै कृषिजन्य सामग्री सुन्तला, तरकारी, अदुवालगायत राख्नका लागि १० टन क्षमताको चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । उक्त गाउँका १६१ घरधुरी नमूना कृषि गाउँमा आबद्ध छन् ।

पाथर्दी बोयर जातको बाख्राको स्रोत केन्द्र पनि हो । यहाँका प्रत्येक घरमा बाख्रापालन गरिएको छ । ६० भन्दाबढी घरधुरीले बाख्रापालन गरिरहेका छन् । पर्यटन प्रवद्र्धनका लागि सोही ठाउँमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माण पनि भएको छ । नगरपालिकाको रु पाँच लाखको बजेटमा झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम सम्पन्न भएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०७६÷७७ मा रु १० लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिने बताइएको छ ।

झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास शुरु भइसकेको छ । यहाँका १० घरधुरीमा घरबास सञ्चालन भएको छ ।