१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री नमूना गाउँ निर्माणमा जुटे स्थानीयवासी



अ+ अ-

दमौली । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा छनोट भएको तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासी गाउँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि जुटेका छन् । पाथर्दीलाई व्यवस्थित र नमुना गाउँ बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको डिपिआरका लागि स्थानीयवासीले देउसीभैलोबाट रकम सङ्कलन गरेका हुन् ।

नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा गाउँमा नै देउसीभैलो खेलेर रु दुई लाख सङ्कलन भएको पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री नमूना कृषक समूहका निवर्तमान अध्यक्षसमेत रहनुभएका आलेका अनुसार कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर गाउँको डिपिआर बनाउन लागिएको छ । “कृषि र पर्यटन पाथर्दीको पहिचान हो”, आलेले भन्नुभयो, “यसलाई व्यवस्थित गरेर गाउँको विकासमा जुट्ने प्रयास गरेका छौँ ।” डिपिआर निर्माणका लागि देउसीभैलोबाट सङ्कलित रकमले मात्रै नपुग्ने भएकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पनि बजेटको माग गरिने आलेले बताउनुभयो । आलेका अनुसार पाथर्दीमा रहेको इलुङ झरनामा पैदलमार्ग, खेलकूद मैदान, बालउद्यान र पुस्तकालयसहितको उद्यान बनाउने लक्ष्य राखिएको छ । साथै लोप हुँदै गइरहेको चौतारा र कुवाको संरक्षण गरिनेछ । डिपिआर निर्माण गर्ने उद्देश्यसहित खेलिएको देउसीभैलोमार्फत भीमाद नगरपालिका–९ वडा कार्यालयको तर्फबाट रु ५० हजार सहयोग गरिएको वडाध्यक्ष इमान थापाले बताउनुभयो ।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा छनोट भएको पाथर्दीमा गण्डकी प्रदेश सरकारले गत वर्ष रु २५ लाख सहयोग गरेको थियो । उक्त रकमबाट घाँसका बिरुवा वितरण, बाख्रा वितरण, खोर सुधार लगायतको काम सम्पन्न भएको मुख्यमन्त्री नमूना कृषक समूहका अध्यक्ष डोलराज गुरुङले जानकारी दिनुभयो ।

साथै कृषिजन्य सामग्री सुन्तला, तरकारी, अदुवालगायत राख्नका लागि १० टन क्षमताको चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । उक्त गाउँका १६१ घरधुरी नमूना कृषि गाउँमा आबद्ध छन् ।

पाथर्दी बोयर जातको बाख्राको स्रोत केन्द्र पनि हो । यहाँका प्रत्येक घरमा बाख्रापालन गरिएको छ । ६० भन्दाबढी घरधुरीले बाख्रापालन गरिरहेका छन् । पर्यटन प्रवद्र्धनका लागि सोही ठाउँमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माण पनि भएको छ । नगरपालिकाको रु पाँच लाखको बजेटमा झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम सम्पन्न भएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०७६÷७७ मा रु १० लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिने बताइएको छ ।

झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास शुरु भइसकेको छ । यहाँका १० घरधुरीमा घरबास सञ्चालन भएको छ ।