१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

छात्रा नियमित विद्यालय जान थाले

छात्रा नियमित विद्यालय जान थाले
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि रजस्वला भएका छात्राहरु नियमित विद्यालय जान थालेका छन् ।

विद्यालयकै आन्तरिक स्रोतबाट छात्रा शौचालयको अवस्थामा सुधार गरिएपछि रजस्वला हँुदा विद्यालय नआउने छात्रा विद्यालय नियमित आउन थालेका हुन् । शौचालयभित्रै पानी, सेनेटरी प्याड, ऐना, साबुनलगायतको व्यवस्था गरेका छौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले भन्नुभयो, “शौचालयको भित्रपट्टिबाटै रजस्वला भएका बेला छात्राले प्रयोग गरेका प्याड फाल्नका लागि इन्सुलेटर अलग्गैरूपमा निर्माण गरिएको छ ।”

“छात्राहरुले शौचालय प्रयोग गर्न निकै कठिनाइको सामना गर्नुपर्दा रजस्वला हुँदा विद्यालय नआउने गरेका थिए”, उहाँले भन्नुभयो, “छात्रामैत्री शौचालय निर्माण गरिएपछि छात्राहरुको सहजरूपमा शौचालयको प्रयोगमा पहँुच पुगेको छ ।” रजस्वला भएपछि विद्यालय नआउने छात्रा निसङ्कोच विद्यालय पुग्न थालेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार शौचालयको व्यवस्थापनको जिम्मा विद्यालयकै एक महिला शिक्षकलाई जिम्मा दिइएको छ । महिला शिक्षकले शौचालय सरसफाइ भए÷नभएको र आवश्यक सामग्री रहे÷नरहेकाबारे जानकारी लिई व्यवस्थापन गर्दै आउनुभएको छ । गत वर्ष विद्यालयमा २७८ छात्रा भर्ना भएकामा यस वर्ष ३२७ छात्रा भर्ना भएका छन् । विद्यालयमा भर्ना भएका छात्रा शौचालयकै सहजताका कारण विद्यालय आउने गरेका छन् ।

‘‘विद्यालयका चार भवनमा रहेका १३ शौचालय सरसफाइको कमीले एउटा पनि सञ्चालनमा थिएनन्’’, अध्यक्ष साउदले भन्नुभयो, “शौचालयका ट्याङ्की पूरै भरिएर प्रयोगविहीन बनेपछि विद्यालयमा अध्ययन गर्दै आएका छात्र–छात्रा र शिक्षकले नजिकैको किसानको केरा बारीमा पुग्नुपर्ने बाध्यता थियो ।”

“सबै शौचालयमा सरसफाइ गरी प्रयोग गर्न सक्ने बनाएका छौँ । पहिले पानीको व्यवस्था थिएन । अहिले पानीका लागि विद्युतीय मोटर जडान गरी एक हजार लिटरका दुई पानीट्याङ्कीको व्यवस्था गरेपछि शौचालय प्रयोगमा आएका छन्”, विद्यालय व्यवस्थापन समितिका सदस्य धनबहादुर चौधरीले भन्नुभयो । अपाङ्गता भएका छात्र–छात्रालाई समेत शौचालय प्रयोगमा सहजता ल्याउन र्याम्पको व्यवस्था मिलाइएको छ ।