१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

छात्रा नियमित विद्यालय जान थाले



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि रजस्वला भएका छात्राहरु नियमित विद्यालय जान थालेका छन् ।

विद्यालयकै आन्तरिक स्रोतबाट छात्रा शौचालयको अवस्थामा सुधार गरिएपछि रजस्वला हँुदा विद्यालय नआउने छात्रा विद्यालय नियमित आउन थालेका हुन् । शौचालयभित्रै पानी, सेनेटरी प्याड, ऐना, साबुनलगायतको व्यवस्था गरेका छौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले भन्नुभयो, “शौचालयको भित्रपट्टिबाटै रजस्वला भएका बेला छात्राले प्रयोग गरेका प्याड फाल्नका लागि इन्सुलेटर अलग्गैरूपमा निर्माण गरिएको छ ।”

“छात्राहरुले शौचालय प्रयोग गर्न निकै कठिनाइको सामना गर्नुपर्दा रजस्वला हुँदा विद्यालय नआउने गरेका थिए”, उहाँले भन्नुभयो, “छात्रामैत्री शौचालय निर्माण गरिएपछि छात्राहरुको सहजरूपमा शौचालयको प्रयोगमा पहँुच पुगेको छ ।” रजस्वला भएपछि विद्यालय नआउने छात्रा निसङ्कोच विद्यालय पुग्न थालेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार शौचालयको व्यवस्थापनको जिम्मा विद्यालयकै एक महिला शिक्षकलाई जिम्मा दिइएको छ । महिला शिक्षकले शौचालय सरसफाइ भए÷नभएको र आवश्यक सामग्री रहे÷नरहेकाबारे जानकारी लिई व्यवस्थापन गर्दै आउनुभएको छ । गत वर्ष विद्यालयमा २७८ छात्रा भर्ना भएकामा यस वर्ष ३२७ छात्रा भर्ना भएका छन् । विद्यालयमा भर्ना भएका छात्रा शौचालयकै सहजताका कारण विद्यालय आउने गरेका छन् ।

‘‘विद्यालयका चार भवनमा रहेका १३ शौचालय सरसफाइको कमीले एउटा पनि सञ्चालनमा थिएनन्’’, अध्यक्ष साउदले भन्नुभयो, “शौचालयका ट्याङ्की पूरै भरिएर प्रयोगविहीन बनेपछि विद्यालयमा अध्ययन गर्दै आएका छात्र–छात्रा र शिक्षकले नजिकैको किसानको केरा बारीमा पुग्नुपर्ने बाध्यता थियो ।”

“सबै शौचालयमा सरसफाइ गरी प्रयोग गर्न सक्ने बनाएका छौँ । पहिले पानीको व्यवस्था थिएन । अहिले पानीका लागि विद्युतीय मोटर जडान गरी एक हजार लिटरका दुई पानीट्याङ्कीको व्यवस्था गरेपछि शौचालय प्रयोगमा आएका छन्”, विद्यालय व्यवस्थापन समितिका सदस्य धनबहादुर चौधरीले भन्नुभयो । अपाङ्गता भएका छात्र–छात्रालाई समेत शौचालय प्रयोगमा सहजता ल्याउन र्याम्पको व्यवस्था मिलाइएको छ ।